समाचार

    Showing 16,901-16,910 of 23,767 items.
  • बुद्धशान्तिमा रहेको भागीरथा बुद्धशान्ति अस्पताललाई शव वाहन हस्तान्तरण

    बिर्तामोड / झापाको बुद्धशान्तिमा पहिलो पटक  शव वाहन सञ्चालनमा आएको छ । मृत्युपछि  अस्पतालबाट शव घर सम्म ल्याउन वा  अन्तिम संस्कारका लागि घरबाट घाट सम्म पुर्‍याउन अहिलेसम्म शव वाहन थिएन । स्थानीय युवाहरूको  सामाजिक संस्था जोइन्ट हेण्ड युथ सोसाइटीले आज एक कार्यक्रमको आयोजना गरि शव वाहन गाउँपालिकालाई हस्तान्तरण छ । पालिकालाई शव वाहन हस्तान्तरण गर्दै संस्थाका कार्यवाहक अध्यक्ष अनिल वाग्लेले बुद्धशान्तिमा शव वाहनको आवश्यकता महसुस गर्दै शव वाहन खरिद गरिएको बताए । यो शव वाहनले बुद्धशान्ति गाउपालिका , रोङ गाँउपालिका , मेचीनगर नगरपालिका , अर्जुनधारा नगरपालिका लगायतका क्षेत्रमा सेवा

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 295 पटक पढिएको
  • रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गर्दै प्रहरी 

    काठमाडौं / नोबेल मेडिकल कलेज विराटनगरका प्राविधिक कर्मचारी रोहित चौधरीको हत्या आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  रोहितको साउन ५  गते सुनसरीस्थित धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको हत्या आरोपमा सुनसरी प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । प्रहरीले हत्या आरोपीलाई घटना भएको १२ दिनपछि पक्राउ गरी सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्या

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 149 पटक पढिएको
  • जुवाखालबाट वडाध्यक्ष सहित १० जान पक्राउ

    झापा / कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष सहित १० जान पक्राउ परेका छन् । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुुुसार पक्राउ परेका मध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका(२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका- ५ काठमाडौँका वडाध्यक्ष रहेको खुलेको छ । यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओवादी क

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 173 पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथग्रहण कार्यक्रम साँझ ५ बजे

    बिर्तामोड / गठबन्धनमा भागबन्डा मिलाउनका लागी कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साँझ ५ बजेलाई सारिएको छ । यसअघि आज बिहान साढे १० बजे शपथ ग्रहण गर्ने तयारी  थियो । नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले  मन्त्रालयको बाँडफाँड टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी  भएकाले  समय सारिएको बताए ।थापासँगै आजै गठबन्धन दलहरूबाट एक/एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । ‘अस्ति विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो, अहिले

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 111 पटक पढिएको
  • बुधबार प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य  ६ सय रूपैयाँले घटेको छ । मंगलबार १ लाख १३ हजार रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १२ हजार  ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। आज चाँदीको मूल्य १५ रूपैयाँले घटेको छ । मंगलबार १ हजार ४ सय ७५ रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय ६० रूपैयाँमा कारोवार भइरहेको छ । 

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 120 पटक पढिएको
  • धरानमा डेङ्गु नियन्त्रणका गर्नका लागि आज पालिका भित्रका सबै शैक्षिक संस्था बन्द

    बिर्तामोड  / सुनसरीको धरान उपमहानगरपालिकाले आज डेङ्गु भाइरस नियन्त्रणका लागि पालिका भित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ । कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धर

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 101 पटक पढिएको
  • महामारी विरुद्ध सचेत रहन अनेरास्ववियु हल्दिबारीको अपिल

    बिर्तामोड / नेकपा एमाले निकट विद्यार्थीहरूको सङ्गठन अनेरास्ववियुले हल्दिबारी गाउँकमिटीले आँखा पाक्ने र डेंगु संक्रमण विरुद्ध सचेत रह्न जनसमुदायमा अपिल गरेको छ । गाउँकमिटी अध्यक्ष आशिष खरेलले हस्ताक्षर गरेको अपिल पत्रमा महामारीको रुपमा रहेको सङ्क्रमणबाट जोगिन बच्न र सचेत रह्न सबैमा अपिल गरेको हो । स्थानीय पालिकाको स्वास्थ्य शाखालाई जनचेतनामूलक कार्यक्रम, सचेतनामुलक पोस्टर पम्पलेट लगायत साम्रागी सम्प्रेषण गर्ने र आवश्यक पहलकदमी अपनाउन ध्यानाकर्षण एवम् अनुरोध समेत गरेको छ । अनेरास्ववियु हल्दीबारी आफैले अपिल लगायत सचेतना मुलक सामाग्रीहरु सम्प्रेषण गरेरहेको र महामारी बाट बच्न बचाउन लागि परिरहे

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 309 पटक पढिएको
  • मुख्यमन्त्री थापाले आज पद तथा गोपनियताको शपथ लिने

    बिर्तामोड / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । हिजो ४७ जना सदस्यको समर्थनका साथ मुख्यमन्त्रीमा नियुक्त थापाको शपथ बिहान साढे १० बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय गरिएको छ ।थापाले आजै मन्त्रिपरिषद् विस्तारको तयार गरेका छन् । उनले यसअघिकै मन्त्रीहरूलाई निरन्तरता दिने बुझिएको छ । गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सर

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 100 पटक पढिएको
  • घरायसी विवादका कारण बन्दुकले हानेर श्रीमतीको हत्या

    झापा / घरायसी विवादका कारण भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । तनहुँको व्यास नगरपालिका - ५ मानुङका ५६ वर्षीय श्री प्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।मंगलबार राति ११ बजे श्री प्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । श्री प्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 93 पटक पढिएको
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

    बिर्तामोड / कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका छन् । सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख  परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 146 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.