काठमाडौं–गोरखाको धार्चे गाउँपालिका–५  सिड्लास्थित रेसेगाउँमा पहिरो जाँदा चारजना बेपत्ता भएका छन् । सो घटनामा दुईजना घाइते छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका  चारजना बेपत्ता भएका हुन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते छन् । पहिरोमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ । घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।