काठमाडौं–सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका सबैजनाका आफन्तले शव बुझेका छन् । तर एक मृतक विदेशी नागरिक भएका कारण प्रक्रिया पूरा गरेर मात्रै शव व्यवस्थापन गरिने छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षणपछि आफन्तले शव बुझेका हुन् ।

यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ को मृत्यु भएको थियो । सोही दुर्घटनामा बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।