काठमाडौं–गृहमन्त्री रमेश लेखकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई पक्राउ गर्ने प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीको सरूवा गरेका छन् । प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा रहेका उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको हो ।

प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारी भने ब्युरो गएका छन् । केसी र अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका झासँगै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पक्राउ गर्नमा केसीको खास भूमिका थियो । दुई जनालाई प्रहरीले असार १४ गते पक्राउ गरेको थियो ।