काठमाडौं–मोरङमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा बा. २७ प. १८३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । 

शनिवार दिउँसो करिब सवा ३  बजेतिर मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी–१ का ३७ वर्षीय सुनिलकुमार धिमाल,  उहाँकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षीय छोरी सुस्मिना धिमाल घाईते भएका थिए ।

OM Sai Pathibhara Hospital

उनीहरुलाई तत्काल उपचारका  लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्याएको थियो । सोही क्रममा गम्भीर घाइते सुस्मिनाको मृत्यु भएको हो ।