काठमाडौं–ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । जानकारी अनुसार शनिबार राति १०:१३ बजेको समयमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार क्षतिबारे कुनै जानकारी आइसकेको छैन ।