काठमाडौं–निरन्तरको वर्षापछि आएको पहिरोमा परेर एकै परिवारका तीनजनासहित पाँच जना बेपत्ता भएका छन् । गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका हुन् । स्थानीयका अनुसार आज (आइतबार) बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्म पहिरोमा पुरिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारीपछि खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी गराए । यसको थप विवरण आउन बाँकी छ ।