काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसदभवन नयाँबानेश्वरमा बोलाइएको छ ।आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आइतबार मृत गैँडा फेला परेको हो ।मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।उनका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशभर आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
काठमाण्डौ । बैंक पनि साथी पनि हाम्रो पनि राम्रो पनि भन्ने नाराले यतिवेला एनआईसी एशिया बैंक र बैंकको उच्च व्यवस्थापनलाई नै गिज्याईरहेको छ ।कुनै समय आफूलाई बाणिज्य बैंकहरुमध्ये अब्बल देखाउन आक्रामक रुपमा साखा विस्तार गर्दै सोही रफ्तारमा कर्मचारी भर्ना गरेको ढोङ्ग गर्ने एनआईसी बैंकले यतिबेला तिनै कर्मचारीमाथि श्रमको शोषण गरेको छ ।सहज अवस्थामा तिनै कर्मचारीलाई कार्यलय समयपछि पनि घन्टौसम्म काम लगाएर अर्बौं मुनाफा कमाएको एनआइसी एशिया बैंकले परिस्थिति अप्ठ्यारो हुँदै गएपछि आफ्ना कर्मचारीको रोजिरोटी खोसिनेगरि बेरोजगार बनाएको छ ।अझ भनौं एनआईसी एशिया बैंकले ग्राहकपछि आफ्नै कर्मचारीमा आतंक सृजना गरेको छ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन् ।सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो । तर दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको छैन् । श्रोतका अनुसार सरकारले फेरि जाँचबुझ आयोगको कार्यावधि थप गर्ने तयारी भइरहेको छ ।गत साउन २ गते विमानस्थलबाट बरामद भएको ६० किलोग्राम सुन र विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ केजी सुन तस्करी प्रकरणपछि गठित जाँचबुझ आयोगलाई अदालतसरह अधिकार र सुविधा पाउने गरी जिम्मेवारी दिइएको छ ।सरकार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ । महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै मा रोक लगाएको हो । यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो ।&nbs
काठमाडौं । सरकारसँग वार्ताका लागि मिटरब्याज पीडितको तर्फबाट नौ सदस्यीय वार्ता टोली गठन भएको छ ।मिटरब्याज तथा ठगी विरुद्ध किसान(मजदुर संघर्ष समिति, नेपालको तर्फबाट अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन भएको हो ।गृहमन्त्रालयले पीडितहरूसँग वार्ताका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरी वार्ताका लागि डाकेको थियो ।संघर्ष समितिले वार्ता टोली गठन गरेसँगै आजैबाट सरकारसँग औपचारिक वार्ता सुरु भएको छ ।
काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने , “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।”
काठमाण्डौ । अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ । ६ महिनाअघि मात्रै अमेरिका पुगेकी इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट मृत्यु भएको हो ।ईलाम नाम्सालिङकी इनुको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको बताइएको छ । उनको मृत्युपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ ।निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा उनलाई आन्द्राको क्यान्सरको देखिएको थियो ।
काठमाण्डौ । कलेजो शरीरको एक महत्वपूर्ण अंग हो । यदि यो सही छ भने, पाचन प्रणाली स्वस्थ रहन्छ । खाना राम्ररी पच्यो भने खानपान राम्रो हुन्छ र मानिस पनि स्वस्थ हुन्छ ।कलेजो स्वस्थ हुन खानेकुरा पनि स्वस्थ हुनुपर्छ । फोहोर खानेकुरा र दूषित पानी पिउँदा धेरैजसो मानिसको कलेजो प्रभावित हुन्छ ।कहिलेकाहीँ मदिरा सेवनले पनि कलेजोमा क्षति पुर्याउँछ । कलेजामा क्यान्सर, लिभर सिरोसिसजस्ता रोग पनि लाग्ने गर्छ ।हेपाटाइटिस बी पनि यस्तै गम्भीर प्रकृतिको कलेजोको रोग हो । केवल रोकथाम र समयमै उपचारको लागि ती लक्षणहरू पहिचान गर्न आवश्यक छ । चिकित्सकहरु कलेजोका यी ६ लक्षणलाई भूलले पनि बेवास्ता गर्न नह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.