समाचार

    Showing 15,361-15,370 of 25,845 items.
  • अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा ३६ देशका प्रतिनिधि आउने

    काठमाडौं । नेपाल बार एसोसिएसनले यहि फागुन ३ गतेदेखि ५ गतेसम्म ‘पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’को आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बारले फागुन ४ गते सम्मेलनको उद्घाटन गर्ने जानकारी गराएका हुन् । उक्त सम्मेलनमा एसियाका सदस्य तथा गैर सदस्यहरू समेत गरि ३६ भन्दा बढी देशका तीनसय भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विशेष आतिथ्यता हुनेछ ।सम्मेलनको विषयवस्तु ‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ रहेको छ जसले समसामयिक मानव अधिकार मुद्दाहरुलाई सम्बो

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 375 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ ।सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री भएकामा आज रु एक हजार आठ सय ७५ मा किनबेच भइरहेको छ ।अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर दुई हजार सात सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 251 पटक पढिएको
  • खोरेत उन्मूलन गर्न ८३ हजार बढी पशुलाई खोप लगाइँदै

    भोजपुर ।  जिल्लामा खोरेत रोग उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालनको तयारी थालिएको हो । अभियानमार्फत खोरेत रोग नियन्त्रणका लागि यो वर्ष ८३ हजार बढी पशुलाई खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताए ।अभियानलाई जिल्लाभर सफल रूपमा सञ्चालनका लागि पहिलो चरणमा जिल्ला प्राविधिक समिति गठन भइसकेको उनले बताए । यो कार्यक्रमलाई नौवटै स्थानीय तहमा सञ्चालनका लागि अब जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय समिति, पालिका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय स्थानीय

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 206 पटक पढिएको
  • शनिश्चरमा शिक्षासँगै सीप कार्यक्रम

    पथरी (मोरङ) । पथरी शनिश्चरे वडा नं ८ का सुप्रिम विक र पर्वत चौधारी सहित  विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ । उनीहरू पथरी शनिश्चरे–८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्ययन गर्छन् । अध्ययनसँगै इलेक्ट्रि«कसिटी, प्लम्बिङ पशुपालन तालिम लिँदै आएका छन् ।सो विद्यालयमा सुरु गरेको पशुपालन, इलेक्ट्रि«कसिटी, प्लम्बिङ, फेसन डिजाइन, नृत्य र गायनले विद्यार्थीमा सीपको विकास भएको छ । विद्यालयमा शिक्षासँगै सिकेको सीप कार्यक्रमले विद्यार्थी पर्वत चौधारीलाई आत्मबल बढेको छ । उनीले विद्यालयमा इलेक्ट्रि«ोनिक विषयको तालिम लिइरहेका छन् । अहिले उनी गाउँघरक

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 392 पटक पढिएको
  • धरानका मेयर सिंहदरबार पुगे, रित्तो गाग्री भने प्रहरीले खोस्यो

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् । मंलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका हुन् । उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए । उनको गाग्री भने प्रहरीले खोसेको छ । मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन् । 

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 124 पटक पढिएको
  • उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन

    बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा रु १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८०÷८१ को सो अवधिको तुलनामा सङ्कलन गरेको भन्दा रु तीन करोड १२ लाख बढी हो । सो चालु आवको छ महिनामा सम्पत्ति करबाट रु चार करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट रु दुई करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट रु दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 259 पटक पढिएको
  • दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

    भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०÷८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 276 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद

    वीरगञ्ज (पर्सा) । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ ।सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०÷८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले चालु आवको छ महिनामा भन्सार छली गरेर भित्र्याइएका रु २१ करोड २८ लाख २६ हजार मूल्य पर्ने सामान बरामद गरेको जानकारी दिए ।‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 124 पटक पढिएको
  • जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा खानेपानी समस्या हट्यो

    महोत्तरी । खानेपानीको समस्या खेप्दै आएका यहाँस्थित मटिहानी–६ जरलहवागाछी बस्तीका अग्निपीडितले १० महिनापछि बल्ल राहत पाएका छन् । बस्तीमा सोमबार एकसाथ छवटा डिपट्युबेल सञ्चालनमा आएपछि अग्निपीडितले आफ्नै घरआँगन नजिक खानेपानीको सहुलियत पाएका हुन् । मटिहानी नगरपालिका र रतौली युवा क्लबले जडान गराएका डिपट्युबेल सञ्चालनमा आएका हुन् ।‘आगलागी घटनायता खानेपानीको अप्ठ्यारो थियो’, अग्निपीडित बस्तीकी गृहिणी मैमुन खातुनले भनिन्, ‘आगलागी घटनाको १०औँ महिनामा बल्ल खानेपानीको सजिलो भयो ।’ सो बस्तीमा गत वैशाख १२ गते बुधबार भएको आगलागीमा एक सय तीन घर जलेर पूरै खरानी बनेका थिए ।सञ्चालनमा आएका छवटै डिपट्युबेलबाट पानी

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 234 पटक पढिएको
  • असमानताविरुद्ध सातै प्रदेशमा र्‍यालीसहितको खबरदारी

    काठमाडौं— गैरसरकारी संस्था महासंघले असमानताविरुद्ध खबरदारी र्‍याली  सञ्चालन गरेको छ। असमानताका विरुद्ध रातो घेरा कोरौँ भन्ने नाराका साथ विश्वव्यापी परिचालन दिन गैरसरकारी संस्था महासंघको अगुवाइमा सातै प्रदेशमा खबरदारी सभा हुँदैछ । जनवरी २१ मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा र्‍याली सञ्चालन गरिएको छ। बिहान ८ बजे सुरु भएको र्‍यालीले नगर क्षेत्रमा परिक्रमा गरी कोणसभामा परिणतभएको थियो। गैरसरकारी  संस्था  महासंघ नेपाल गण्डकी  प्रदेश, कास्की  शाखाको आयोजनामा भएको र्‍याली सभागृह  चोकबाट जिरो किलोमिटर  चोकसम्म पुगेको थियो। र्‍यालीमा  गैसस  महा

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 680 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.