समाचार

    Showing 15,141-15,150 of 25,845 items.
  • मदिरा पसलहरु नियन्त्रण गर्न नगरपालिकालाई ध्यानाकर्षण

    राजबिराज । सप्तरी जिल्लाको राजविराज नगरपालिकामा अनियन्त्रित र खुल्लेआम सञ्चालनमा रहेको मदिरा पसल तथा भट्टीहरुलाई नियन्त्रण गर्न तराई–मधेश महिला फाउण्डेशनले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।फाउण्डेशनकी अध्यक्ष सुनिता साह क्रान्तिको नेतृत्वमा राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।‘राजविराज नगरपालिका क्षेत्र भित्रका अव्यवस्थित रुपमा मदिरा पसलहरु संचालन गर्न इजाजत दिइएको अवस्था विद्यमान रहेको छ । यसरी अव्यवस्थित मदिरा पसल संचालन तथा त्यसको समय सिमा केही नराखी जथाभावी तरिकाबाट मदिरा सेवन गर्ने व्यक्तिहरुले आफ्नो घर परिवार बाटो हिडने महिला, बालबालिकाहर प्

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 483 पटक पढिएको
  • वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु

    गोरखा । वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नविन गिरीले आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्कएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिए । उनका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उहाँको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरील

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 277 पटक पढिएको
  • मोटरेवल पुल नहुँदा आवागमनमा सास्ती

    मनाङ । जिल्लाको नासोँ गाउँपालिका–५ र ६ जोड्ने मोटरेवल पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । मोटर तार्न र आवतजावत गर्न साँघु बनाएर चल्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । ।मनसुन सक्रिय भएपछि तिल्चेवासीले मोटर तार्न र आवतजावत गर्न स्थानीयले काठका पुल भत्काउँछन् । सदरमुकामबाट गाउँ जाने बाटोमा पर्ने दूध खोलामा हरेक वर्ष मनसुन सकिएपछि पुल बनाएर आवागमनको व्यवस्था गरिन्छ । वर्षा लागेपछि काठे पुल भत्काउने र हिउँद लागेपछि बनाउने तिल्चेवासीको काम हो । स्थानीय गुणराज गुरुङले भने, ‘वर्षा सकियो, गाउँवासी मिलेर पुल बनाउँछौँ, हरेक वर्ष वर्षा लागेपछि पुल झिकेर राख्छौँ, हिउँद लागेपछि झारा उठाएर हाल

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 334 पटक पढिएको
  • रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षण सम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै उनले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।‘ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमा गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्’, मन्त्री खड्काले भने । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले प्रतिबद्धता जनाइन् ।तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले पाँच सय

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 244 पटक पढिएको
  • सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी

    दमौली (तनहुँ) । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गर्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँका विभिन्न खण्डमा दुर्घटना बढेपछि प्रहरीले न्यूनीकरणको पहल थालेको हो । मुग्लिनबाट कोत्रेसम्म सडकको स्तरोन्नति भइरहेकाले सडकको अवस्था र सवारी चालकको लापरबाहीका कारण दैनिक दुर्घटना बढिरहेकाले ट्राफिक नियम पालनासम्बन्धी सचेतना जगाउन थालिएको प्रहरीले जनाएको छ ।प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न तथा सचेतना अपनाएर दुर्घटना न्यूनीकरणमा सघाउन आग्रह गर्दै सचेतनामूलक कार्यक्रमलाई जोड दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उ

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 336 पटक पढिएको
  • ‘बाल विवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो’

    काठमाडौं । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गरेको हो ।गृह मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । सत्येन्द्रकुमार राम ९चमार० र नेहा रौनियारबीचको अन्तरजातीय बाल विवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री ल

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 175 पटक पढिएको
  • ‘एनआरएनए उच्चस्तरीय समितिलाई अधिवेशन गर्न कुनै वाधा छैन’

    काठमाडौं । कानूनविद्हरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई अधिवेशन गर्न कुनै वाधा नभएको जनाएका छन् । जीएनएन नेटवर्कद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले  सर्वोच्च अदालतको राजेश शमशेर राणा विरुद्ध परराष्ट्र मन्त्रालय समेत ९पहिलो मुद्दा० र बद्री केसी विरुद्ध परराष्ट्र मन्त्रालय ९दोस्रो मुद्दा० फरक फरक भएको र पहिलो मुद्दाको बारेमा संक्षिप्त आदेश आइसकेपछि दोश्रो फैसलाले परराष्ट्र मन्त्रालयले एनआरएनएलाई लेखेको पत्रलाई खारेज गरि दिएको जनाए ।थापाले भने,‘पहिलो फैसलाले उच्चस्तरीय समिति बनाएको हो । सर्वोच्च अदाल

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 330 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 350 पटक पढिएको
  • आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने

    काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने बताएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम  सफा रहेको महाशाखाले जनाएको छ ।  साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हि

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 220 पटक पढिएको
  • त्रिशूली नदीमा पुल नबन्दा सास्ती

    दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रशासन र सडक डिभिजन कार्यालय घेराउ गरेका थिए । एघार वर्ष अगाडिबाट निर्माण सुरू भएको उक्त पुल निर्माणमा ढिलासुस्ती भएपछि दबाब दिन सरोकार समिति गठन गरिएको छ । बन्दीपुर, देवघाट र आँबुखैरेनीका उपभोक्ताको भेलाले सिद्धान्त थापाको संयोजकत्वमा

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 243 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.