काठमाडौं । भोटेकोशी बाढीपछि मृत्यु भएका तथा पहिचान हुन नसकेका व्यक्तिको पहिचानका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। परराष्ट्र मन्त्रालयका अनुसार पीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग र अमेरिकासँग डीएनए परीक्षणमा सहयोग मागिएको छ।सोमबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पहिचान प्रक्रियालाई प्रभावकारी बनाउन चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउनसमेत अनुरोध गरिएको जानकारी दिए। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री आउने अपेक्षा गरिएको छ।बाढीपछि उद्धार तथा राहतका लागि भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरियालगा
नयाँदिल्ली / भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितहरूप्रति ऐक्यबद्धता जनाएका छन्।उनले यस कठिन घडीमा नेपाललाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। रक्षामन्त्री सिंहले दूतावास पुगेर विपद्मा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरे। उनले दूतावासको शोक पुस्तिकामा समेत सन्देश लेख्दै भारत र नेपाल निकट मित्र तथा साझेदार रहेको र सुख–दुःखमा एकअर्काको साथमा रहने बताएका छन्।‘निकट मित्र र साझेदार तथा सुख–दुःखका साथीका रूपमा भारत सधैँ नेपालसँग उभिएको छ। यस कठिन समयमा पनि हामी नेपा
काठमाडौं / परराष्ट्र मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म ९०३ जनाको शव फेला परेको र करिब चार हजार २०० जना अझै बेपत्ता रहेको जनाएको छ ।मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रभावित क्षेत्रबाट ३२३ भन्दा बढी विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन् । सरकारले जीवन रक्षा, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, तत्काल राहत उपलब्ध गराउने र प्रभावित नेपाली तथा विदेशी नागरिकलाई आवश्यक सहयोग सुनिश्चित गर्ने कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखेको प्रवक्ता क्
काठमाडौं / दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो। उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आएको पहिरोपछि ठूलो स्तरको उद्धार तथा खोजी अभियान जारी छ। हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल चीन–नेपाल सीमा क्षेत्रतर्फ बगेको थियो। केही मिनेटमै आएको उक्त भेलले ठूलो क्षति पुर्याएको थियो। क्षेत्रीय सरकारले आइतबार बिहान दिएको जानकारीअनुसार शनिबार साँझ ६ बजेसम्म जिरोङ नाकामा आएको भीषण पहिरो
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न उद्धार टोलीहरु सक्रिय छन् । प्राविधिक टोलीका एसआई विकल्प परियार नेतृत्वको खटिएको टोलीले खोज तथा उद्धारसँगै शव व्यवस्थापनको काम गरिरहेको छ ।बाढी प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँट क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालन गरी प्रभावित नागरिकको खोज, उद्धार तथा शव व्यवस्थापनका काम गरि रहेको हो । सशस्त्र प्रहरीको टोलीले बाढीबाट अहिले शव व्यवस्थापन कार्यलाई प्राथमिकता राखेर काम गरिरहे
काठमाडौं । लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ ।सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याएको हो । लगातारको वर्षाका कारण सडक भासिएपछि गत असार २५ गतेदेखि माइखोला–राजदुवाली सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।असार २९ गतेसम्म आइपुग्दा सडक थप भासिएपछि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन सञ्चालनमा समेत पूर्ण रोक लगाइएको थियो ।सडक बन्द भएपछि इलामसहित पाँचथर र ताप्लेजुङको झापा तथा तराई क्षेत्रसँगको नियमित यातायात सम्पर्क प्रभावित हुँदै आएको थियो।मुख्य राजमार्ग लामो समय अवरुद्ध हु
रसुवा। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण मानिस फसेको आशंका गरिएपछि नेपाली सेनाको टोलीले गरेको खोजीमा कोही पनि फेला परेनन्।इन्जिनियर र ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म पुगेको सेनाको टोलीले भित्री भागमा विस्तृत खोजी गरेको थियो। ड्रोनबाट समेत निगरानी गर्दा मानवीय उपस्थिति नदेखिएपछि सुरुङभित्र कोही फसेको आशंका टरेको सेनाले जनाएको छ।खोजीका क्रममा कुनै व्यक्ति नभेटिएपछि उद्धार टोलीले अभियान सम्पन्न गरी रसुवाको धुन्चे फर्किएको छ। बाढीपछि सुरुङभित्र मानिस फसेको हुनसक्ने आशंकाले खोजी थालिएको थियो। पछिल्लो खोजीले उक्त आशंका गलत सावित गरेको हो।
काठमाडौं ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारजनले काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन्।बाढी आएको केही दिन बितिसक्दा पनि आफ्ना मान्छेको अवस्था थाहा नभएपछि आफन्तहरू अस्पताल पुगेर खोजी गरिरहेका छन्। अस्पतालका भित्ताहरू अहिले हराइरहेका व्यक्तिका तस्बिरले भरिएका छन्।कसैको हातमा आफ्ना बुबाको तस्बिर छ, कसैसँग आमाको। कसैले श्रीमान् खोजिरहेका छन् भने कसैले सन्तानको तस्बिर बोकेर अस्पताल पुगेका छन्।तस्बिरमुनि नाम, उमेर र पहिचान खुल्ने विवरण राखिएका छन्। अस्पताल आउने–जाने प्रत्येक व्यक्तिको नजर ती पोस्टरमा पुग्छ। आ
नुवाकोट ।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका बालबालिकालाई नुवाकोटको विदुरस्थित करुणा केयरको होल्डिङ सेन्टरमा राखिएको छ।विपद्को त्रास र कठिन परिस्थितिबाट गुज्रिएका बालबालिका अहिले सुरक्षित वातावरणमा बसिरहेका छन्। केही दिनअघिसम्म बाढीको त्रासमा रहेका उनीहरू अहिले साथीहरूसँग खेल्दै, हाँस्दै र रमाउँदै समय बिताउन थालेका छन्।होल्डिङ सेन्टरमा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ। उनीहरू क्यारेम्बोड खेल्दै, साथीहरूसँग रमाउँदै र खेलकुदमा सहभागी हुँदै बिस्तारै सामान्य दैनिकीमा फर्किने प्रयास गरिरहेका छन्।बाढीले घरबास र पारिवारिक वातावरणबाट टाढा पुर्याएका य
रसुवा / पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको दुःखद खबर सार्वजनिक भएको छ । रसुवामा आएको बाढीले ठुलो जनधनको क्षति पुर्याउनुका साथै धेरै मानिसलाई बेपत्ता बनाएको छ । बाढीले बगाएका शव नदीको बहावसँगै भारततर्फ पुग्न थालेपछि घटनाले थप पीडादायी रूप लिएको छ ।प्रकृतिको यो निर्मम प्रहारले कैयौँ परिवारको खुसी उजाडिएको छ भने आफन्तको खोजीमा रहेका परिवारहरू अझै पनि आशा र पीडाको बिचमा छन् । बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.