समाचार

    Showing 14,811-14,820 of 25,843 items.
  • बानेश्वरमा झडप डीएसपी पौडेल घाइते, १२ प्रदर्शनकारी पक्राउ

    काठमाडौं — स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीबीच  नयाँ बानेश्वरमा झडप भएको छ। झडपमा प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् भने १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी पौडेलको टाउकोमा चोट लागेको र उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।परम्परागत पोशाकमा सजिएका उनीहरूले  लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 409 पटक पढिएको
  • आजदेखि एकमहिने रोजा सुरु

    महोत्तरी । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो ।इस्लाम परम्पराका चाडपर्व हिजरी ९उर्दू० सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौँ महिना हो । चन्द्रमाको गतिले निक्र्यौल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान ९सार्वजनिक० गरेपछि उपवास थालिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो साँझ चन्द्रमा देख

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 375 पटक पढिएको
  • बजेट अभावमा गैँडा गणना अन्योलमा

    चितवन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जङ्गल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो । परियोजनाले सूचना जारी गरी सामग्रीहरु खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो ।निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खा

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 242 पटक पढिएको
  • सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने

    काठमाडौँ । सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ ।नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास  बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिएका हुन् ।  ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो । 

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 363 पटक पढिएको
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २०० रुपैयाँले घटेको थियो । चाँदीको मूल्य भने स्थिर रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 423 पटक पढिएको
  • वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । ‘गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।’ कृषिप्रधान

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 423 पटक पढिएको
  • हिमचितुवा र मानवबीचको द्वन्द्वले उपल्लो मुस्ताङको पशुपालन व्यवसाय सङ्कटमा

    मुस्ताङ । पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदो उपल्लो मुस्ताङका किसानको सदियाँै वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।जिल्लामा हिमचितुवाको एकीन तथ्याङ्क छैन । अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरन क्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिँदा उपल्लो मुस्ताङका पशुपालक किसानको व्यवसाय नै लोप हुने खतरा बढेको हो । जलवायु परिवर्तनले हिमाली उच्च लेकमा चरन क्षेत्र साँघुरिँदै

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 300 पटक पढिएको
  • जङ्गली जनावरको आतङ्क रोक्न तारजाली जडान गरिँदै

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडानको कार्य हुनलागेको हो ।जङ्गली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नं ८ र वडा नं १२ मा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन् ।प्रदेश सरकारको समपूरक अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख गरी रु एक करोड ५० हजारमध्ये रु ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्र

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 247 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३३, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय क

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 284 पटक पढिएको
  • आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली

    काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टासम्म नेपालमा वर्षा÷हिमापत गराउने प्रणाली छैन । साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ ।  

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 309 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.