काठमाडौँ । विद्युतीय चुरोट (भेप) मा हालेर सुन तस्करी गरेको आरोपमा चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताउनुभयो ।उक्त कसुर गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताउनुभयो । गुरुङ हाल फरार छन् । छिरिङ ६१ किलो सुन तस्करीकासमेत आरोपी हुन् ।विसं २०७९ पुस १० गते युनाइटेड अरब इमिरेट्स (युएई
काठमाडौँ । दिन-दहडै खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्म कैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल 'रिगल'काे आममाफीविरुद्ध परेको रिटमा सर्वोच्चमा आज सुनुवाइ गर्ने भएको छ। संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल थुनामुक्त भएपछि हत्या गरिएका नेपागञ्जका चेतन मानन्धरकी पत्नी भारतीले दिएकाे रिटमा सर्वोच्चले आजसम्म राष्ट्रपतिको निर्णयको सक्कल कागजात पेस गर्न आदेश दिएको थियो। आदेशअनुसार मंगलबार जवाफ पठाइसकिएको राष्ट्रपति रामचन्द्र पाैडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिएका छन्। 'डन'को छवि बनाएका रिगलले
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।लामो समयदेखि बढुवा रोकिएको भन्दै उनीहरूले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् । चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको डाक्टर एसपी रिमालले जानकारी दिए ।चिकित्सकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
झापा । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेको बताइन् ।उनका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ ।कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उनले बताइन् । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उनको भनाइ छ ।
काठमाडौँ । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्धले झन उग्र रुप लिएको छ। यसैबिच, इजरायलले हमासको विनाशकारी आक्रमणको सामना गर्न सुरु गरे पछि अमेरिकी हतियारको पहिलो आपूर्ति मंगलबार साँझ इजरायल पुगेको छ।इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्ति जारी गरी अमेरिकन हतियारको पहिलो लट इजरायल आइपुगेको जानकारी दिएको हो।‘मंगलबार उन्नत हतियार बोकेको विमान दक्षिणी इजरायलको नेभाटिम एयरबेसमा अवतरण गर्याे,’ उसले बिज्ञप्तिमार्फत भनेको छ, ‘हतियारहरू महत्त्वपूर्ण सैन्य अपरेशनहरूलाई सहज बनाउन र अन्य परिदृश्यहरूको लागि तयारी बढाउन यो डिजाइन गरिएको हो।’‘हामी यस चुनौतीपूर्ण अवधिमा आइडिएफ र सामान्यतय
काठमाडौँ । आन्दोलनमा रहेका कर्मचारीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफलका लागि आव्हान गरेको विज्ञप्तिले थप आशङ्कित बनाएको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ । स्थानीय तहका कर्मचारीहरूले उठाएका माग र मुद्दाहरूका सन्दर्भमा छलफल गरेर अगाडि बढ्न सकिने आशयको मन्त्रालयको विज्ञप्ति स्वागतयोग्य भए पनि स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिको नाम पनि विज्ञप्तिमा जोडेर आएकोले थप भ्रम सिर्जना गर्न खोजेको हो कि भन्नेमा आशङ्कित रहेको सङ्घर्ष समितिले जनाएको हो ।मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उप
काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्ज समेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।
काठमाण्डौ । मधेश प्रदेश सरकारले इजरायलमा आतंककारी संगठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए । मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिए ।विज्ञप्तिमा
झापा । राष्ट्रिय भूमि आयोगको ३ जना कर्मचारीलाई प्रहरीले झापाबाट नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारीबाट करारमा कार्यरत ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका घर भएका २३ वर्षीय मोहन नेपाल, दोलखाका २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ घर भएका २३ वर्षीय कमल खनाल छन् । उनीहरू आयोगबाट हाल्दिबारी गाउँपालिकामा खटिएका हुन् ।जग्गा वितरणको काम ‘छिटो गराउँछौँ’ भनेर रकम लिएको सूचनाको आधारमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए । प्रहरीले त
काठमाडौँ । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आग्रह गरेको हो ।कर्मचारी केन्द्रीय संघर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।स्थानीय तहका कर्मचारीले एकीकृत निजामती सेवा ऐन माग गरिरहेका छन् । सरकारले संघीय निजामती सेवा विधेक सं
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.