काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय समाजमा बढ्दो तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसका जनप्रतिनिधिलाई शान्ति, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।
कोसी र मधेस प्रदेशका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा थापाले “जसले आगो लगाए पनि निभाउने दायित्व कांग्रेसको हो“ भन्दै जिम्मेवार राजनीतिक शक्तिका रूपमा उत्तेजना होइन, समाजलाई सम्हाल्ने भूमिका निर्वाह गर्न आग्रह गरे।
उनले सामाजिक सञ्जालमा आएका सामग्री सत्यतथ्य नबुझी शेयर वा टिप्पणी नगर्न पनि कार्यकर्तालाई सचेत गराए। कुनै पनि विषयमा प्रतिक्रिया दिनुअघि संयम अपनाउन र समाजमा शान्ति, एकता तथा सद्भाव कायम गर्न योगदान पु¥याउन उनले निर्देशन दिए।





































