समाचार

    Showing 1,161-1,170 of 26,787 items.
  • ८५ पद हटाउँदै नयाँ संरचनामा गयो सामान्य प्रशासन मन्त्रालय

    काठमाडौं।  सरकारले स्वीकृत गरेको नयाँ सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) संरचना कार्यान्वयनमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अग्रता लिएको छ। मन्त्रिपरिषद्को असार ३२ गतेको निर्णयपछि मन्त्रालयले सबैभन्दा पहिले नयाँ सङ्गठन संरचना र पद दर्ता प्रक्रिया पूरा गर्दै प्रशासन सुधारको सुरुआत गरेको हो।राष्ट्रिय कितावखानाका अनुसार मन्त्रालय र त्यसका मातहतका दुई निकायका गरी २८३ पद ‘फास्ट ट्रयाक’ प्रणालीमार्फत दर्ता गरिएका छन्। मन्त्रालयले साउन ८ गते नै नयाँ दरबन्दी विवरण पठाएपछि राष्ट्रिय कितावखानाले तत्काल दर्ता प्रक्रिया सम्पन्न गरेको जनाएको छ।नयाँ संरचनाअनुसार मन

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 227 पटक पढिएको
  • मधेसमा जसपा निर्णायक : कांग्रेस–एमाले गठबन्धन संकटमा

    काठमाडौं । केन्द्रमा एमाले र नेकपाबीच नयाँ राजनीतिक समीकरण बनेपछि त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ। विशेषगरी मधेस प्रदेशमा सत्ता समीकरण निकै पेचिलो बनेको छ, जहाँ कुनै पनि दल वा गठबन्धनले एक्लै सरकार गठन गर्न सक्ने अवस्था छैन।१०७ सदस्यीय प्रदेश सभामा हाल १०३ सदस्य कायम रहेकाले सरकार बनाउन ५२ सांसदको समर्थन आवश्यक छ। तर एमालेसँग २४ र नेकपासँग १५ सांसद मात्रै रहेकाले दुवै दल मिलेर पनि ३९ सिट पुग्छ, जुन बहुमतभन्दा अझै १३ सिट कम हो। यस्तो अवस्थामा २८ सांसद रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपाल सबैभन्दा निर्णायक शक्ति बनेको छ। प्रदेशको सबैभन्दा ठूलो दल भएकाले जसपा नेपालले सरकारको

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 92 पटक पढिएको
  • सरकार–डा.केसी संवादको टेबलमा

    धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीको आन्दोलनले नयाँ मोड लिएको छ। बिहीबारदेखि सुरु भएको अनशनका बीच आइतबार सरकार र डा. केसी पक्षबीच औपचारिक वार्ता सुरु भएको हो।सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भइरहेको वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी छन्।डा. केसीका तर्फबाट उनका सहयोगी डा.अमृत जैशी र पवन थापा वा

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 252 पटक पढिएको
  • मोबाइल विवादले निम्त्यायो दर्दनाक हत्या

    बागलुङ । साथीको जन्मदिन मनाउन गएका १७ वर्षीय लजिन थापाको अन्त्य आफ्नै साथीहरूको हातबाट भएको खुलेपछि बागलुङमा सनसनी फैलिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार एउटा आइफोन मोबाइललाई लिएर सुरु भएको विवादले अन्ततः हत्या र शव लुकाउनेसम्मको भयावह रूप लिएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार साउन १ गते बडिगाड गाउँपालिका–१ का असिम वनको जन्मदिन मनाउन लजिनसहित सात जना साथी भेला भएका थिए। उनीहरूले राति अबेरसम्म मदिरा सेवन गरेका थिए। त्यसपछि घर फर्कने क्रममा लजिनसँग रहेको आइफोन मोबाइल मागिएको र उनले दिन अस्वीकार गरेपछि विवाद सुरु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार मोबा

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 283 पटक पढिएको
  • पूर्व–पश्चिम राजमार्ग फेरिँदै, सडक विस्तार तीव्र

    झापा । देशकै व्यस्त सडक सञ्जालमध्ये एक पूर्व–पश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्र गति लिएको छ। वर्षायामका बीच पनि निर्माण कम्पनीहरूले कामलाई निरन्तरता दिँदै सडकको विभिन्न खण्डमा कालोपत्र र संरचना निर्माणलाई अघि बढाएका छन्।एसियाली विकास बैंक ९एडिबी० को करिब ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजना सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत सञ्चालन भइरहेको हो। करिब ९५ किलोमिटर लामो सडकलाई पाँच प्याकेजमा विभाजन गरेर निर्माण भइरहेको छ।आयोजनालाई पूर्वी र पश्चिमी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डमा काँकडभिट्टादेखि झापाको

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 241 पटक पढिएको
  • बाढी–पहिरोले देशका मुख्य राजमार्ग ठप्प

    काठमाडौं । निरन्तरको वर्षाले देशका विभिन्न जिल्लामा बाढी, पहिरो र नदी कटानको जोखिम बढ्दै जाँदा प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा समय तोकेर मात्रै सवारी सञ्चालन गर्न दिइएको छ।नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालन गर्न निषेध गरिएको छ। त्यस्तै, वर्षायामभर कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने व्य

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 389 पटक पढिएको
  • नेपालको न्यायपालिकामाथि विश्वको नजर : न्यायमा राजनीति नगर्न अधिकारवादी संस्थाले दिए चेतावनी

    काठमाडौं । नेपालको सर्वोच्च अदालतसँग सम्बन्धित पछिल्ला राजनीतिक र संवैधानिक घटनाक्रमले अन्तर्राष्ट्रिय स्तरमै चासो बढाएको छ। विश्वका प्रतिष्ठित मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच एचआरडब्ल्यू र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्स आईसीजे ले संयुक्त रूपमा नेपाल सरकारलाई न्यायपालिकाको स्वतन्त्रतामाथि कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरेका छन्।ती संस्थाहरूले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब सिर्जना भएको, अदालतको संरचना परिवर्तन गर्ने प्रयास भएको तथा संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरिनुले न्य

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 272 पटक पढिएको
  • बैतडीमा ट्राफिकको डण्डा, हजारौँ चालक कारबाहीमा

    बैतडी । सवारी नियमको पालना गराउन बैतडी ट्राफिक प्रहरीले गत आर्थिक वर्षभरि सञ्चालन गरेको निगरानी अभियानबाट ठूलो संख्यामा नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५०८ जना चालकमाथि कारबाही गर्दा १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार ट्राफिक प्रहरीले विभिन्न प्रकारका सवारीसाधनमाथि नियमित जाँच, निगरानी र सचेतना कार्यक्रम सञ्चालन गरेपछि नियम उल्लङ्घन गर्ने चालकलाई कानुनी दायरामा ल्याइएको हो।कारबाहीमा पर्ने सवारीसाधनमध्ये सबैभन्दा धेरै ७५४ वटा जिप, कार र भ्यान रहेका छन्। त्यस्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 182 पटक पढिएको
  • भोलि उद्घाटन हुँदै नागढुंगा सुरुङ, पहिलो चरणमा एम्बुलेन्स र दमकल मात्रै

    काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ इतिहास रच्ने गरी निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। राजधानी काठमाडौंलाई धादिङसँग जोड्ने यो सुरुङमार्गलाई नेपालको पहिलो आधुनिक सडक सुरुङका रूपमा हेरिएको छ। लामो समयको निर्माण प्रक्रिया, प्राविधिक चुनौती र विभिन्न अवरोध पार गर्दै आयोजना अन्ततः सञ्चालनको चरणमा पुगेको हो। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भएको यो परियोजनाको कुल लागत भेरिएसनसहित करिब १९ अर्ब रुपैयाँ पुगेको छ। निर्माण कार्य जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसन ले २०७६ साल

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 280 पटक पढिएको
  • कपिलवस्तु सडक दुर्घटना :उपचारकै क्रममा दुई जनाले गुमाए ज्यान

    काठमाडौं। कपिलवस्तुको हुलाकी सडकमा भएको भीषण सडक दुर्घटनाले दुई जनाको ज्यान लिएको छ। नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।दुर्घटना शुद्धोधन गाउँपालिका–६ बिमिया क्षेत्रमा भएको प्रहरीले जनाएको छ। ठक्कर यति शक्तिशाली थियो कि मोटरसाइकलमा रहेका दुवै जना गम्भीर घाइते भएका थिए। स्थानीय र प्रहरीको सहयोगमा तत्काल जिल्ला अस्पताल तौलिहवा पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका छन्।मृतकहरूको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। शवलाई जिल्ला अस्पताल तौलिहवामा राखिएको छ भ

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 73 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.