समाचार

    Showing 11,621-11,630 of 25,755 items.
  • दार्चुलाको मालिकार्जुनमा सामाजिक सुरक्षा भत्ता लिन पिठ्युँमा बोकेर सदरमुकाम जानुपर्ने बाध्यता

    दार्चुला —दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाका विकट वडाहरू — वडा नं. ५ डाँडाकोट, वडा नं. ६ उकुँबाकु र वडा नं. ७ जैलजिविमा रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरूले अझै पनि सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम दार्चुला पुग्नुपर्ने बाध्यता झेलिरहेका छन्।स्थानीयवासीहरूका अनुसार वृद्ध, अशक्त र बिरामी नागरिकहरूलाई ३ देखि ४ घण्टा लामो कठिन यात्रा, उकालो–ओरालो, जंगल र जोखिमपूर्ण बाटो हुँदै पिठ्युँमा बोकेर लैजानुपर्ने स्थिति अझै पनि यथावत छ। कतिपय अवस्थामा दुई दिनसम्म सदरमुकाममा बस्नुपर्ने, त्यसको खर्च समेत आफ्नै काँधमा पर्ने गरेको छ।उनीहरू भन्छन् —"भत्ता पाइन्छ तर कति सास्ती बे

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 1,384 पटक पढिएको
  • भिजिट भिसामा विदेश जाने नेपालीको सङ्ख्या वृद्धि, सरकारको अध्यागमन सुधारतर्फ ध्यान

    हालका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जाने नेपालीको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। यसलाई व्यवस्थित गर्न सरकारले अध्यागमन क्षेत्रमा सुधारका लागि छोटो र दीर्घकालीन योजना अघि सारेको छ।भिजिट भिसा प्रक्रियामा बढ्दो विकृति र अनियमितताले सदनदेखि सडकसम्म बहस चर्किंदै आएको छ। सरकारले छानबिन समिति गठन गरी सुधारको पहल थालेको छ भने प्रतिनिधिसभामा उच्चस्तरीय छानबिनको माग राख्दै केही दलहरूले बैठक अबरुद्ध गर्दै आएका छन्।अध्यागमन विभागले यात्रुहरूको राहदानी, भिसा र कागजातको परीक्षण गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ। यात्रुको चापसँगै विमानस्थलको स्रोतसाधन र प्रविधिमा दब

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 298 पटक पढिएको
  • स्याङ्जामा झुटो चोरीको नाटक रचेको आरोपमा दुई जना पक्राउ

    स्याङ्जा – स्याङ्जाको आँधिखोला गाउँपालिका–१ मा झुटो चोरीको नाटक रचेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीया चन्द्रकुमारी गुरूङ र उनका देवर ३८ वर्षीय धनराज गुरूङ रहेका छन्।उनीहरूले साउन १२ गते साँझ घरबाट ७ तोला १० लाल सुन र ४ हजार रुपैयाँ नगद चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। चन्द्रकुमारीले विदेशमा रहेका आफ्ना श्रीमानलाई समेत सुन चोरी भएको जानकारी दिएकी थिइन्।उक्त उजुरीपछि अनुसन्धान सुरु गरेको प्रहरीले घटनामा शंका लागेपछि थप जाँच गर्दा सुन घरको कम्पाउण्डमै लुकाइएको अवस्थामा फेला पारेको हो।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रसन्नराज चौधरीका अनुसार, दुवैले मिल

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 450 पटक पढिएको
  • संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाण्डौ  ।  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउसो एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 358 पटक पढिएको
  • सप्तकोशी नदीमा पानीको बहाव एक्कासी बढेपछि २७ ढोका खोलिए

    सुनसरी  । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोशी नदीमा आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भएको छ ।आइतबार साँझ ७ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव रहेकामा राति ८ बजे एक लाख ९१ हजार २१० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव मापन भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । हाल ५६ मध्ये २७ वटा ढोका खुला गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नदीमा पानीको बहाव बढे पनि कुनै समस्या नरहेको बताएकाछन ।  कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव पुगेमा खतराको सङ्केतस्व

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 438 पटक पढिएको
  • प्रधानमन्त्री ओली आइतबार राती तुर्कमेनिस्तान प्रस्थान

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई बिदाई गरेका थिए । यस अवसरमा नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थित

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 327 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ। देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउसो देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश,

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 279 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५३ पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 334 पटक पढिएको
  • तनहुँमा बस दुर्घटना हुदा ५ जना घाइते २ को अवस्था गम्भिर

    काठमाण्डौ  ।  गोरखाबाट चितवनको नारायणगढ आइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै गर्दाको सीसीटीभी फूटेज बाहिरिएको छ। यो बस तनहुँको आँबु खैरेनी गाउँपालिका २ स्थित ऐन पहराको पार्किङबाट निकाल्ने क्रममा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमा २ जनाको अवस्था गम्भीर छ ।गोरखाबाट चितवनको नारायणगढ आइरहेको ग २ ख १०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दीनजिकै ऐना पहरा भिरबाट खसेको तनहुँ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरीका अनुसार घुम्न हिँडेका यात्रु बोकेर निस्किएको बस आरामका लागि रोकिएको थियो । रिफ्रेस गराएर स्टार्ट गर्दा बस ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 239 पटक पढिएको
  • ठमेलको दोहोरी साँझमा ग्याङ फाइट, दुई समूहका चार जना पक्राउ

    काठमाडौं— काठमाडौंको ठमेलस्थित एक दोहोरी साँझमा भएको ‘ग्याङ फाइट’ प्रकरणमा संलग्न दुई समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ठमेलको नगरकोट दोहोरी साँझ मा दुई समूहबीच झै–झगडा भएको घटनाको अनुसन्धानक्रममा यसअघि सानुभाइ नामले चिनिने युवराज गुरुङसहित तीन जनालाई पक्राउ गरिएको थियो।त्यही घटनामा संलग्न भई फरार रहेका अर्का एक अभियुक्त राजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी नुवाकोटको सूर्यगढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको मनमैजु बसोबास गर्दै आएका ३७ वर्षीय हुन्।प्रहरीका अनुसार उनीमाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी परिस

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 720 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.