समाचार

    Showing 11,611-11,620 of 19,794 items.
  • सीआईबीको अनुसन्धान छल्न विनोद चौधरी भारततिर

    काठमाडौँ   ।   बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अनुसन्धानका लागि सांसद विनोद चौधरीलाई बोलाउने तयारी गरिरहेका बेला उनी लुसुक्क भारत गएका छन् । जग्गा घोटाला प्रकरणमा पक्राउ परेका भाइ अरुण चौधरीलाई रिहा गराए लगत्तै दाइ विनोद भारततिर लागेका छन् ।चौधरि बुधबार अपराह्न ४ः४५ बजे इन्डिगो एयरबाट भारत प्रस्थान गरेका स्रोतले बताएको छ । उनीसँगै पत्नी सारिका चौधरी पनि दिल्ली गएकी छन् । भारतमा उनी बागेश्वरधाम बाबाको सरणमा जाने बताइएको छ । काठमाण्डु जिल्ला अदालतको आदेशअनुसार चौधरीसहित ३ जनालाई सीआईबीले बुधबार छाडेको छ ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 402 पटक पढिएको
  • भारतीयको नियन्त्रणमा नेपाली यात्रुबाहक बस

    सर्लाही  ।    भारतीय पक्षले नेपाल–भारत चल्ने मैत्री बस लियन्त्रणमा लिएको छ । बुधबार महेन्द्रनगरबाट दिल्लीका लागि छुटेको महाकाली यातायातको सुपप्र ०२००१ख ११०० नम्बरको बसलाई भारतीय यातायात व्यवसायीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन ।दशगजा क्षेत्रमा पार्किङ्ग गरेर राखेका आफ्ना सवारीसाधन नेपाल प्रहरीले नियन्त्रणमा लिएको भन्दै आफूले समेत नेपाली सवारीसाधनलाई भारत चल्न नदिने चेतावनी दिएका छन । भारतीय यातायात व्यवसायीले बस प्रहरी चौकीमा बुझाएपछि दिल्लीका लागि हिंडेका यात्रु बनबसामा अलपत्र परेका छन् ।यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेपाली यात्रुबाहक ब

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 253 पटक पढिएको
  • ब्राउन सुगर र गोलीसहित ४ जना पक्राउ

    काठमाडौं । ललितपुरबाट पेस्तोलको गोली र ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।बुधबार दिउँसो १ बजे महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेका छन्।सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई भक्तपुर बस्ने मनोज थापा र भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू लायोक बस्ने घरबाट पक्राउ परेका हुन्। उनीहरूको साथबाट १४.६८ ग्राम ब्राउन सुगर र दुई राउण्ड नाइन एमएमको गोली बरामद भएको प्रहरीको भनाइ छ।लागूऔषधको क

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 233 पटक पढिएको
  • रास्वपाले सवारीसाधन दुर्घटना न्युनीकरणका लागि संसदमा छलफलका गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा सवारी दुर्घटना न्यूनीकरणका उपायसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । बढ्दो सवारी दुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको भन्दै सचेतक निशा डाँगीले प्रस्ताव दर्ता गराएकी हुन् ।प्रस्तावमा सवारी दुर्घटनाको अवस्था, दुर्घटनाले पुर्‍याउने तत्कालीन र दीर्घकालीन असर र दुर्घटनाका कारणसमेत उल्लेख गर्दै चालक अनुमतिपत्र किनबेच गर्ने बिचौलिया प्रवृत्तिको अन्त्य, ट्राफिक सचेतना प्रवर्द्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गरिएको छ ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 217 पटक पढिएको
  • करेन्ट लागेर एक युवकको मृत्यु

    काठमाण्डौ । अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।जिल्लाको पञ्देवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो। उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए। दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ।उनलाई मंगलवार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पुर्‍याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 207 पटक पढिएको
  • कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

    काठामाण्डौ  ।  कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज  १३ वर्षअघि ६ वटा चिनियाँ जहाज ६ अर्ब ६७ करोड १० लाख रूपैयाँमा किनिएका थिए। एउटा जहाज भने दुर्घटनामा पर्‍यो। बाँकी पाँचवटा जहाजको अहिलेको मूल्यांकनका आधारमा ३८ करोड रूपैयाँ कायम गरिएको छ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 269 पटक पढिएको
  • गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतबाट बदर

    काठमाडौँ । गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ ।बुधवारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता ओमप्रकाश अर्याल लगायतबाट दायर रिटकै पक्षमा फैसला सुनाएको हो ।सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ लगायतका कानूनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र स

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 1,128 पटक पढिएको
  • प्रतिनिधि सभाबाट पारित भयो सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक

    काठमाडौं । प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ्ग निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ्ग० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 242 पटक पढिएको
  • अरुण चौधरीसहित ३ जना सीआईबीको हिरासतबाट रिहा, अस्पतालबाट पनी भए डिस्चार्ज

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनालाई रिहा गरेको छ। उनिहरु रिहाहुने बित्तिकै अस्पतालबाट पनि डिस्चार्ज भएका छन। काठमाडौं जिल्ला अदालतको आदेशानुसार उनीहरुलाई बुधबार रिहा गरिएको सीआईबीले जनाएको छ।बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले बिहीबार चौधरीसहितलाई पक्राउ गरेको थियो। सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी ल

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 261 पटक पढिएको
  • सवारी दुर्घटना हुँदा २ वर्षीया बालिकाको मृत्यु

    काठमाण्डौ  ।   सुवर्ण गाउँपालिका-३ सतगंजमा बुधवार भएको सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट आमासित ओर्लिने क्रममा कलैया उपमहानगपालिका-८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको कलैया अस्पतालले जनाएको छ । उपचार गर्नु अघि नै बालिकाको मृत्यु भइसकेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।बालिका आमासित त्यही बसमा मामा घर भारत तर्फ जाँदै थिइन् । घटनास्थल सतगंज दसगजासित जोडिएकाले बालिकाको मामा घरबाट आएका आफन्त र भारतीय गाउँ छौडादानोका स्थानीय बासिन्दाको समुहले बसमा समान्य तोडफोड गर्दै दसगजामा केहीबेर घटन

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 174 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा