समाचार

    Showing 11,601-11,610 of 25,755 items.
  • बैंकिङ अपराधमा सजाय पाएका दुई प्रतिवादी काठमाडौं उपत्यकाबाट पक्राउ

    काठमाडौं—  बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेकामा ललितपुर महालक्ष्मी नगरपालिका–५ लुभु घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–१ गागालफेदी बसोबास गर्ने ६० वर्षीय जनक राउत र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ घर भई हाल भक्तपुर चुँनारायण नगरपालिका–७ कमलविनायक बस्ने ३५ वर्षीय गणेश तामाङ रहेका छन्।उच्च अदालत पाटनले २०७५ असार २४ गते जनक र गणेशलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ जरिवाना र १–१ महिनाको कैद सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन भए पनि सर्वोच्च अदालतले २०८१ असार २४ गते उच्च अदालतको फैसला सदर गर्दै

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 724 पटक पढिएको
  • बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल

    काठमाडौं –  नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक  र गैर कानुनी विषय भएको भन्दै यस्तो संवेदनशिल विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने धारणा राखिन् । उनले भनिन्,‘बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने सन्देश बाहिर प्रवाह भएको छ । जुन हरेक व्यक्तिको चासोको विषय बनेको छ । म यस विषयमा कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । बहुविवाह नेपाली समाजमा सामाजिक मान्यता अनुरुप हेर्ने हो भ

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 510 पटक पढिएको
  • कञ्चनपुरमा एक युवती मृत फेला, कुटपिटबाट मृत्यु भएको माइती पक्षको आरोप

    कञ्चनपुर—  कञ्चनपुरमा एक युवती मृत फेला परेकी छन्। आइतवार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट मृत फेला परेकी हुन्। सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरीरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सोधपुछका लागि पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। पवनले छोरीलाई पटकपटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए। सम्झनाको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ 

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 549 पटक पढिएको
  • मुख्यमन्त्री बहादुर सिंह लामाले बझाए राजीनामा

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। उनले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार आफ्नो राजीनामा प्रदेश प्रमुखसमक्ष बुझाएका हुन्। लामाको राजीनामा साउन १८ गतेदेखि लागू हुने उल्लेख गरिएको छ।मुख्यमन्त्री लामाको राजीनामा पत्र उनका प्रमुख स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई बुझाएका हुन्। यसबारेमा प्रदेश प्रमुखको कार्यालयले औपचारिक जानकारी दिएको छ।मुख्यमन्त्री लामाले किन राजीनामा दिए भन्नेबारे भने औपचारिक विवरण सार्वजनिक गरिएको छैन। उनी गत वर्ष मात्रै मुख्यमन्त्री बनेका थिए।प्रद

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 658 पटक पढिएको
  • ८ दिनदेखि माइतीघरमा धर्ना: मिटर ब्याजको चपेटामा परेका सिराहाका दुई परिवारको न्यायको गुहार

    काठमाडौं— सिराहा जिल्लाका दुई परिवार राजधानीको माइतीघर मण्डलामा विगत ८ दिनदेखि धर्नामा बसेका छन्। ‘मिटर ब्याज’ को शोषणबाट पीडित बनेका यी परिवारहरू न्यायको खोजीमा बालबालिकासहित काठमाडौं आइपुगेका हुन्।लहान नगरपालिका–७ का श्याम काश्याम विश्वकर्मा र लहान–३ की सीता कुमारी मण्डलको परिवारले सामान्य आवश्यकताका लागि स्थानीय साहुसँग लिएको सानो ऋण अहिले डरलाग्दो बोझ बनेपछि सडकमा धर्ना दिन बाध्य भएका हुन्।श्याम विश्वकर्माका अनुसार उनले ५ लाख रुपैयाँ ऋण लिएका थिए। तर अहिलेसम्म २१ लाख रुपैयाँ तिर्दा पनि साहुले अझै ५० लाख रुपैयाँ बाँकी रहेको भन्दै दबाब दिइरहेका छन्। उता, सीता मण्डलले ५ लाख लिएको ऋणमा ९ लाख फ

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 630 पटक पढिएको
  • पहिरोले पूर्ण रुपमा दाउन्नेको सडक अवरुद्ध

    नवलपुर – माथिबाट पहिरो खसेका कारण नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेको सडक अवरुद्ध भएको छ । विनयी त्रिवेण गाउँपालिका –२ स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।सोही सडक बिहानदेखि पानी परेर चिप्लो भएका कारण गाडी गुड्न नसक्दा एकतर्फी सञ्चालन भए पनि दिउँसोदेखि पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको नेपालले बताउनुभयो । यो सडक खण्डमा पानी पर्दा चिप्लिएर गाडी गुड्न नसक्ने समस्या रहँदै आएको छ । बाटो पूर्ण रुपमा अवरुद्ध हुँदा गाडीको लामो जाम देखिएको छ । 

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 395 पटक पढिएको
  • प्रधानमन्त्रीको टिप्पणीप्रति राप्रपाको आपत्ति – सभामुखले सरकार पक्षमै नसोच्न आग्रह

    काठमाडौं  –  राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले राप्रपा र रास्वपालाई संविधान र व्यवस्था विरोधी भन्दै सदनमा अवरोध गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।उनले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले समाधान चाहेका छौँ। स्वार्थ बाझिने समितिले कस्तो छानबिन गर्छ, हामीले त्यसैले संसदीय समिति वा न्यायिक समितिको कुरा उठाइरहेका छौँ। हामी पनि जनताको प्रतिनिधि हौँ। हामी सदन चलाउन सहयोग गर्न तयार छौँ।’उनले समस्या समाधान गर्नको लागि सभामुखलाई आँट गर्न आग्रह गरे।उनले थपे, ‘सभामुखले पनि स

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 420 पटक पढिएको
  • दुई झाँक्रीको हत्यामा दोषी ठहर भएका २६ जनाको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

    काठमाडौँ –  दुई झाँक्रीको हत्यामा दोषी ठहर भएका २६ जनाको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।  सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा २६ जनाले दिएको पुनरावेदनमाथि सुनुवाइ सुरु भएको छ ।धादिङको गङ्गा जमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई जेल सजाय सुनाएको थियो । जिल्लाको फैसला उच्चले सदर गरिदिएपछि २६ जना सर्वोच्च पुगेका हुन् । त्यस्तै मोहन तामाङ समेतको जाहेरीले उच्च सरकारी वकिल कार्यालयले २६ जनालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यान मुद्दामा हदैसम्मको सजाय माग दाबी गर्दै २०७८ साउन २

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 716 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक सुरू

    काठमाडौं –  प्रतिनिधिसभाको बैठक सुरू भएको छ।  बैठकमा संघीय संसद्का महासचिव  ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ। त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेय

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 569 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हङकङमा गर्यो संगठन विस्तार

    काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हङकङमा संगठन विस्तार गरेको छ। पार्टीको प्रवास नेपाली सम्पर्क विभागले स्थानीय संयोजकको रूपमा झमबहादुर गुरुङलाई जिम्मेवारी तोक्दै आफ्नो संगठन हङकङसम्म पुर्‍याएको हो।सम्पर्क विभागका सचिव पदमराज पन्थीले नेपालखबरलाई जानकारी गराएअनुसार झमबहादुर गुरुङ संयोजक रहने गरी जिम्मेवार तोकिएको छ। उनको संयोजनमा अब छिट्टै तदर्थ समिति बन्छ।यो सँगै हङकङमा रास्वपा चलायमान हुन थालेको छ। जसको परिणामस्वरुप हिजो (आइतबार) हङकङवासी रास्वपा समर्थकले भेला आयोजना गरेका छन्।जोर्डनस्थित लाखे रेस्टुरेन्टमा आयोजना गरिएको भेलामा पार्टी सभापति रवि लामिछानेप्रति भइरहेको ‘प्र

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 626 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.