काठमाडौं–सार्वजनिक बिदा भएको भन्दै गलत सूचना फैलाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । चितवनका एसपी भावेश रिमालले सोधपुछ भइरहेको जानकारी दिँदै‚ थप विवरण पुष्टि गर्नुपर्ने भएकाले व्यक्ति विशेषको विवरण सार्वजनिक गर्न नसकिने बताए । आज १९ भदौमा गृहमन्त्रालयको लेटरहेडबाट पुरानो सूचनामा मिति परिवर्तन गरेर सार्वजनिक बिदा भएको भन्दै भ्रम फैलाइएको थियो । गलत सूचना फैलाएपछि प्रहरीको साइबर ब्यूरोले पनि खोजी गरिरहेको छ।
काठमाडौं–इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तीन महिनापछि बिहीबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द भएको विमानस्थलमा हवाई उडान पुनः सुरु हुन लागेको हो । इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले विमानस्थलबाट साताको प्रत्येक बिहीबार उडान हुने जानकारी गराए ।गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले अन्तिम उडान भरेयता उडान हुन सकेको थिएन । त्यसपछि‚ जेठ १७ गते उडेको जहाज अवतरण गर्न नसकेर पुनः काठमाडौं फर्केको थियो । अब भने हरेक बिहीबार उडान हुने बताइएको छ ।
नेकपा माओवादीले १० वर्षसम्म गरेको सशस्त्र जनयुद्धलाई हेर्ने दुष्टिकोणबारे केही दिनयता चर्को बहस भइरहेको छ । २०५२ फागुन १ गते शुरु भएर ०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता मार्फत अन्त्य भएको जनयुद्धका विषयमा यतिबेला राष्ट्रिय स्तरमै बहस शुरु भएको हो ।माओवादी आन्दोलनलाई अवमूल्यन गर्नेहरु जनयुद्धलाई ‘हिंसा’ भन्छन् भने व्यवस्था परिवर्तनका लागि आन्दोलनमा सहभागी भएका र परिवर्तन पक्षधरहरु माओवादी सशस्त्र आन्दोलनलाई ‘महान जनयुद्ध’ भन्छन् । शुरुदेखि नै माओवादीप्रति आलोचनात्मक धारणा राख्ने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली एमाले र
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। बाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा बागमती गण्डकी
काठमाडौं- हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।संक्रमणकालीन न्यायसम्बन्धी ऐन ३० साउनमा प्रतिनिधिसभाले, ६ भदौमा राष्ट्रियसभाले पारित गरेको थियो भने १३ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । उक्त ऐनमा मानब अधिकारको उलंघनलाई ‘गम्भीर र सामान्य’ भनेर परिभाषित गरिएको र यसले पीडक उन्मुक्तिको बाटो खुलेको रिट निवेदकको जिकिर गरिएको छ ।
काठमाडौं–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा राखेको पोस्ट आफूले डिलिट नगरेको स्पष्ट पारेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले आफू गलत भए पक्राउ गर्न सरकारलाई चुनौती पनि दिएका छन् । उनको सचिवालयका अनुसार‚ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माबारे लेखिएको स्टाटस फेसबुकले धेरै रिपोर्ट पछि हटाएको हो । बालेनले फेसबुकबाट हटाइएको स्टाटसप्रति प्रतिक्रिया दिँदै भनेका छन्‚ ‘पोस्ट उडाउने हैन‚ दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ‚ हैन भने दोषी समाऊ ।’ बालेनले सांसद शर्माले ८ वर्षदेखि नाबालिगला
काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई चाँडै खानेपानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री यादवले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भइ डिपिआर अन्तिम चरणमा रहेको बताए । यि आयोजनाहरु सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानीको सुविधा उपलब्ध हुने उनको विश्वास छ । मन्त्री यादवले तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरु रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने भन्दै २
काठमाडौं–सहकारी बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय समितिको कार्यावधि १५ दिन थप गरिएको छ। सभापति सूर्यबहादुर थापाको प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गर्यो।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘नेपाल विश्वविद्यालय विधेयक’ र ‘सार्वजनिक सेवा प्रशारण विधेयक’ को प्रतिवेदन संसदमा पेश गरे। ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ छलफलका लागि समितिमा पठाइयो । अर्को बैठक भदौ २४ गते १ बजे बस्नेछ ।
काठमाडौं–नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ। भदौ १७ गतेको निर्णय अनुसार, प्रहरी प्रधान कार्यालयले यी निरीक्षकहरूको सरुवा गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको सूचनाअनुसार, सरुवा गरिएका प्रहरी निरीक्षकहरूले तलब र भत्ता हालको स्थानबाट नै प्राप्त गर्नेछन् । नामवली हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं–ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । माओवादी केन्द्र निकट पाण्डेले कांग्रेस–एमाले निकट गठबन्धनका उम्मेदवार राजेन्द्र सापकोटालाई हराएका हुन् ।उनले ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका छन् । पाण्डे, जो हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीका संस्थापक हुन्, विगत तीन दशकदेखि पर्वतीय पर्यटनमा सक्रिय छन् । वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । सचिवमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.