समाचार

    Showing 10,361-10,370 of 25,706 items.
  • आजदेखि सोह्र श्राद्ध सुरु, दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिदै

    काठमाडौं—आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यसै अवसरमा काठमाडौंको पशुपतिनाथ, गोकर्ण लगायतका पवित्र स्थलमा सोह्र श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ । श्राद्धको पहिलो दिन सोमबार बिहानैदेखि काठमाडौंको प्रमुख तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा आफन्त गुमाएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। बागमती नदी किनारमा पुजारीको सहायता लिँदै दिवङ्गत आत्माहरूको शान्तिका लागि तर्पण र पिण्डदान गर्नेहरूको घुइँचो लागेको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 208 पटक पढिएको
  • ‘एक घर, एक धारा’ अभियान अन्तरगत ८८ धारा निमार्ण

    बाजुरा— बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ मा ‘एक घर,एक धारा ’ अभियान अन्तरर्गत ८८ धारा निमार्ण गरिएका छन् । वडाको गुलढुङ्ग्रा–सिराडी, माथिल्लो–तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतका गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण गरिएका हुन् । अन्य ठाउँमा खानेपानी योजनाको निर्माण कार्य गतिशील रूपमा अघि बढिरहेको छ । स्थानीय जनताको आधारभूत आवश्यकता,खानेपानीलाई उच्च प्राथमिकता राख्दै सबै गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण कार्य गतिशील रूपमा अघि बढाइएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।वडाको गुलढुङ्ग्रा,सिराडी, माथिल्लो तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतक

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 291 पटक पढिएको
  • भौतिक मन्त्री दाहाल मनिला प्रस्थान

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । सडक सुरक्षा सम्वन्धि एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि आईतबार राती उनी त्यस तर्फ प्रस्थान गरेका हुन् । एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बर सम्म हुने सम्मेलनका लागि मन्त्री दाहाल सहितको प्रतिनिधी मण्डल त्यस तर्फ गएको हो । सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको शत्रमा संबोधन गर्नेछन् । सम्मेलनमा नेपाल सहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्र

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 402 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 316 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बि

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 318 पटक पढिएको
  • जेन जेड पुस्ताको आन्दोलनमा अभियान्ता दुर्गा प्रसाईँको समर्थन

    काठमाण्डौ  ।   सोमबार थापाथली स्थित माइतीघर मण्डलामा जेन जेड पुस्ताले सामाजिक सञ्जाल सक्रिय पार्न, पुराना नेताहरूले पुनः प्रधानमन्त्री नहुने प्रतिबद्धता जनाउन र अख्तियारमा राजनीतिक नियुक्ति रोक्न तीन बुँदे मागसहित शान्तिपूर्ण आन्दोलन गर्न लागेको छ। आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्नो समर्थन रहेको जेन जेड सदस्यहरूलाइ तर उपस्थित नहुने जानकारी दिएका छन्। सोमबार बिहान नौ बजेदेखि सुरु हुने यस आन्दोलनमा जेन जेड सदस्यहरू आफ्नै नेतृत्वमा आन्दोलन सञ्चालन गर्ने तयारीमा छन्।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 525 पटक पढिएको
  • पूर्वपत्नी बलात्कारः पक्राउ परेका इन्स्पेक्टर कारागार चलान

    ललितपुर— पूर्वपत्नीको उजुरीमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ कारागार चलान भएका छन् ।ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् ।उनीविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो ।इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए । पूर्वपत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो ।इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नी

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 434 पटक पढिएको
  • लगातार घट्दै नेप्से, कारोबार रकममा पनि कमी

    काठमाडौं— यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ ।साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएकोमा आज ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इ

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 678 पटक पढिएको
  • गोदावरीमा एमाले नेता–कार्यकर्ताको जमघटः तर निराश छन् स्थानीय व्यापारी

    ललितपुर— ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ । महाधिवेशनका कारण सडकमा जाम हुने र आवतजावतमा असजिलो भएपछि गोदावरी घुम्न जाने पर्यटकहरु पसलसम्म नआएकाले बिक्री घटेको पसलका सञ्चालकहरु बताउँछन् । महाधिवेशनका लागि आएका प्रतिनिधिहरुको लागि खाना र खाजाको व्यवस्था भएका कारण प्रतिनिधिहरु बाहिरतिरका पसलहरुमा चिया मात्र पिउनका लागि आउने स्थानीय व्यापारी दुर्गा मगर बताउँछिन् । २५ वर्षदेखि गोदावरीमा व्यापार गर्दै आएकी दुर्गाले महाधिवेशनका कारण कारोबार बढ्

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 512 पटक पढिएको
  • नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो–२०२५ आयोजना हुँदै

    काठमाडौं— अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसहित उल्लेख्य संख्यामा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययन

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 700 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.