समाचार

    Showing 10,291-10,300 of 19,705 items.
  • धोबिखोलामा खसेको ट्याक्सी भेटियो, चालक सकुशल उद्धार

    काठमाडौं–अनामनगरस्थित धोबिखोलामा आइतबार साँझ खसेको ट्याक्सी फेला परेको छ । ट्याक्सीमा चालक मात्रै सवार रहेको र उनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । ट्याक्सी साँझ करिब ८ बजे धोबिखोलामा खसेको थियो। प्रहरीका अनुसार चालकलाई हनुमानस्थान भाटभटेनी नजिकैबाट उद्धार गरिएको हो । प्रहरीले ट्याक्सीलाई सूर्यकार्पेट नजिकैको थापाथली–बानेश्वर जोड्ने पुलमुनि अड्किएको अवस्थामा फेला पारेको जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 318 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ  । पेट्रोलको भाउ ४  रुपैयाँ र डिजेल,मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल,मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ। अन्य इन्धनको भाउ भने यथावत् रहेको छ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 279 पटक पढिएको
  • जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

    काठमाडौं–झापाको कमल गाउँपालिका–७ का ४२ वर्षीय राम कुमार जिमीलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनले तीन जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई काठमाडौं महानगरपालिका–२५ सुन्धाराबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।  

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 328 पटक पढिएको
  • मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं- सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निणर्य गरेको हो । आजै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।   स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको हुने भएको हो ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 316 पटक पढिएको
  • अख्तियारमा संघीय मामिला सम्बन्धी उजुरी सबैभन्दा बढी, २७ हजार ७१४ उजुरी फर्छ्योट

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा स्थनीय तह समेतका संघीय मामिलाका सबैभन्दा बढी उजुरी परेका छन् ।आज पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता नरहरि घिमिरेले संघीय मामिलाका स्थानीय तह समेतका गरी ३८.९१ प्रतिशत उजुरी परेको जानकारी दिएका हुन् । त्यस्तै शिक्षा, स्थानीय तहसमेत १५.७९ प्रतिशत, गैरकानूनी सम्पती आर्जनसँग सम्बन्धित ६.९८ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६.४९ उजुरीहरु रहेको उनले बताए । नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धी ४.७१, वन तथा वातावरणको ३.८२, स्वास्थ्य तथा जनसंख्याको ३.६, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३.६१, गृह प्रशासनका ३.५२, अर्थ

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 268 पटक पढिएको
  • सुदूरपश्चिम सरकारको बजेट भोलि आउँदै

    काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले भोली चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । तत्कालिन दिर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको बजेटलाई परिमार्जन गर्दै बजेट सार्वजनिक गर्न लागिएको हो । मुख्यमन्त्री कमल बहादुर शाहले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 281 पटक पढिएको
  • गृहमन्त्रीले भने प्रहरीलाई ऊर्जाशील र थप व्यावसायिक बनाउँछौँ

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताएका छन्।आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि स १६ क सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयक अघि बढाइएको बताए।नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्था

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 351 पटक पढिएको
  • नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

    काठमाडौं— नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन्। गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद पाण्डेलाई दुई हजार ३२ मतले पराजित गरे । बरालले चार हजार आठ सय ४२ मत पाउँदा पाण्डेले दुई हजार आठ सय १० मत प्राप्त गरे । उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 146 पटक पढिएको
  • संविधान दिवसमा छुट्ने एक हजार ९२ कैदी हत्या, अपहरण तथा डाका चोरी अपराधमा सजाय भोगिरहेका

    काठमाडौं— सरकारले संविधान दिवसमा एक हजार ९२ कैदी छाड्ने तयारी गरेको छ । यसरी छाड्न लागिएका कैदीमा हत्या, सवारी ज्यान, डाँकाचोरी, बहुविवाह, अपहरण र वन्यजन्तुसम्बन्धी अपराधका छन् । असल चालचलन भएको भन्दै ठुलो संख्यामा कैदी छाड्न लागिएको हो। कारागार व्यवस्थापन विभागले एक हजार ९२ कैदीको चालचलन असल रहेको भन्दै छाड्न सिफारिस गरेको छ। गत असारमा ६०१ जना र यही साता ४९२ जना कैदीको नाम विभागले कैदकट्टाका लागि सिफारिस गरेको छ। संविधान दिवस, प्रजातन्त्र दिवस तथा गणतन्त्र दिवसका अवसरमा दिइने कैदकट्टा सधैँ विवादमा पर्दै आएको छ। यसपालि पनि छुट्न लागेकामा धेरैजसो हत्या, सवारी ज्यान, डाँकाचोरी, बहुविवा

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 324 पटक पढिएको
  • काठमाडौंमा सडक भासिएका आठ ठाउँ, किन भासिए ?

    काठमाडौं— कमजोर भूबनोटका कारण काठमाडौं उपत्यका भासिने क्रम बढेको छ । यसको उदाहरणका रुपमा विभिन्न ठाउँमा भासिएका सडकको अवस्थाले देखाएको छ । कमजोर भूबनोट र अस्तव्यस्त संरचनाले सडक भासिन थालेपछि मानवीय त्रुटिका कारण उपत्यका भासिने डर बढ्न थालेको छ । यी हुन् उपत्यकाका भासिएका १० सडकखण्ड :  - शनिबार (२९ भदौ) ललितपुरको कुपन्डोलस्थित मुख्य सडक भासिएको छ। शनिबार दिउँसो खानेपानीको पाइप फुटेपछि सडक भासिएको हो। पानीले वरिपरिको माटो बगाएपछि सडक एक मिटर भासिएको छ।- गत २ भदौमा बानेश्वरबाट शंखमूलतर्फ जाने सडकको बिचमा भ्वाङ पर्‍यो। करिब १० फिट गहिरो भ्वाङ परेपछि एकतर्फी रूपमा सडक सञ्चालन भयो। क

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 298 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा