समाचार

    Showing 10,251-10,260 of 25,706 items.
  • गौर कारागारबाट भागेका कैदीलाई आफैं उपस्थित हुन प्रमुख जिल्ला अधिकारीको आग्रह

    रौतहट— गौर कारागारबाट असहज परिस्थितिको मौका छोपी भागेका कैदीबन्दीहरुलाई आफैं उपस्थित भई कानुनी प्रक्रिया पूरा गर्न र राज्यलाई सहयोग गर्न प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आग्रह गरेका छन्।उनले भने, 'जो जहाँ हुनुहुन्छ, तुरुन्तै कारागारमा उपस्थित भइ सजाय भुक्तान गर्नुहोस्, अन्यथा थप कानुनी कारबाहीमा पर्नु हुनेछ।'गौर कारागारमा रहेका २९१ कैदीमध्ये हालसम्म ७९ जना मात्रै फेला परेका छन्। तीमध्ये ३१ जना कारागारमै रहेका, १७ जना भारतबाट फर्किएका र ३१ जना जिल्लाभित्रै पक्राउ परेका हुन्। अझै २१२ जना फरार छन्।प्रमुख जिल्ला अधिकारी खड्काले समाजमा शान्ति र सुरक्षाको वातावरण निर्माणमा सबै नागरिकको भूमिक

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 705 पटक पढिएको
  • सर्वोच्चको फुल कोर्टको निर्णय: आइतबारदेखि नियमित सुनुवाइ पुनः सुरु

    काठमाडौं— सर्वोच्च अदालतको फुल कोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ थाल्ने निर्णय गरेको छ । साथै यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।सर्वोच्चले एक विज्ञप्तिमार्फत् जेनजीको आन्दोलनका क्रममा देशभरका अदालतमा भएको आक्रमण, तोडफोड र आगजनीका कारण नेपालको न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण दस्तावेज नष्ट भएको जनाएको छ ।आन्दोलन चर्किँदा त्यसको फाइदा उठाउँदै सर्वोच्च अदालतको भवनमा समेत आगजनी र ध्वंसात्मक गतिविधि भएको थियो ।सर्वोच्चले एक विज्ञप्तिमार्फत यस घटनालाई देशको न्यायिक प्रणालीमाथि गम्भीर प्रहारको रूपमा लिएको जनाएको छ । अदालतले नागरिकको जीवन,

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 542 पटक पढिएको
  • जेनजीहरु भन्छन्ः शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए

    काठमाडौं— जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ । जेनजी प्रतिनिधि अनिल बानियाँले जेनजीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ । उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन् । यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ । देशमा बुढा

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 633 पटक पढिएको
  • चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले चाँडो अन्तरिम सरकार गठनका लागि माग गरेको छ ।विहीबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि घात गर्ने प्रयत्न भयो भने त्यो अस्विकार्य र आत्मघाति हुनसक्ने चेतावनी समेत दिएको छ । ‘अन्तरिम सरकारको मुल दायित्व नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षा, कानुन र व्यवस्थाको पुर्नवहाली, अहिंसा सद्भाव र सहिष्णुताका आदर्शहरुको प्रवद्र्धन, पुननिर्माण र स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हुनेछ ।’संविधान संसोधनको बहसलाई सार्थक रुपमा अघि बढाउने गहन दायित्व पनि अब जेन जी पुस्तामा आएको तर संविधान संसोधनको दायित्व अन

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 504 पटक पढिएको
  • राष्ट्रपतिको अपिल: लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन् ।उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।राष्ट्रपतिले जारी गरेको वक्तव्यमा लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षको सहकार्य अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।उनले भने,‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 479 पटक पढिएको
  • जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने

    काठमाडौं— देशभरि तीव्ररूपमा फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदै ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा भीषण आगलागी भयो । आन्दोलन उग्र बन्दै गएपछि आक्रोशित समूहले मन्त्री क्वार्टरमा आक्रमण गरी आगजनी गर्यो ।सरकारी तथ्यांकअनुसार करिब १ अर्ब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको मन्त्री क्वार्टर आगलागीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगोका कारण क्वार्टरमा रहेका अधिकांश भवनहरू, सरकारी सामग्री, संरचनाहरू र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।आन्दोलनबारे प्रतिक्रिया लिँदै नेपाल न्यूज बैंकले भैंसेपाटी निवासी शत्रुधन साहले भने, ‘यो आन्दोलन जरुरी थियो । युवाहरू रोजगारको अभ

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 563 पटक पढिएको
  • आज निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाइने

    काठमाडौं— जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ । बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ । विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ । आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ । तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधा

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 602 पटक पढिएको
  • जेनजी आन्दोलन प्रकरणः मृत्यु हुनेको संख्या ३० पुग्यो भने १ हजारभन्दा बढी घाइते

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । देशका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो । हालसम्मको पछिल्लो अपडेट अनुसार ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटल र फ्रन्टलाइन हस्पिटलमा ३–३ जना, केएमसी आस्पताल २ जना र टिचिङ अस्पतालमा एकको उपचारको क्रममा मृत्यु भएको छ । मन्त्रालयका अनुसार उपत्यकाका बाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना गरी ७ जनाको मृत्यु भएको छ । बाँकेमा मृत्यु भएका ५ जना भने नौबस्तामा रहेको क्षेत्री

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 770 पटक पढिएको
  • जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए

    काठमाडौं— सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह आदीको नाम छ । कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाब सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो । 

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 555 पटक पढिएको
  • नियन्त्रणमा लिएको हातहतियार बुझाउन नेपाल प्रहरीको अनुरोध

    काठमाडौं – भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियारसहित अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे फिर्ता बुझाउँन अनुरोध गरेको हो। ‘नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 507 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.