समाचार

    Showing 10,221-10,230 of 19,705 items.
  • चीन भ्रमणमा गएका सांसद र नेताहरूलाई रास्वपाले फिर्ता बोलायो, आजै फर्किने

    काठमाडौं— चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू सोमबारै आकस्मिक रूपमा स्वदेश फर्किने भएका छन्  ।पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फिर्ता बोलाएको हो।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम,

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 264 पटक पढिएको
  • प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्यूयोर्कमा भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका ओलीले मोदीसँग भेट गरेका हुन्।प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान चार बजे भेटवार्ता भएको हो।ओली र मोदीको भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारी सहभागी थिए।यसअघि प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 407 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनुसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।महाशाखाकाअनुसार देशका केही भू-भागमा बिहानैदेखि मौसम बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली छ ।आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भू-भागमा थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 268 पटक पढिएको
  • प्रसाईंलाई तीन दिन म्याद थप गरेर हिरासत राखिने

    काठमाडौं- पक्राउ परेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई तीन दिन म्याद थप गरी हिरासत लगिएको छ।आइतबार पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौं बाट तीन दिन म्याद थप गरी स्वास्थ्य उपचार गर्न वीर अस्पताल लगिएको छ। त्यसपछि हिरासत लगिने प्रहरीले जनाएको छ ।विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 631 पटक पढिएको
  • सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन, पूर्व डीआईजी जोशी पक्राउ

    काठमाडौं- सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।यो सँगै ठगीमा संलग्न रहेको भन्दै समितिले कारबाही सिफारिस गरेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।यसअघि सहकारी छानबिन विशेष समितिले गोर्खा मिडि

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 269 पटक पढिएको
  • पक्राउ परेका दुर्गा प्रसाईंलाई के हुन्छ सजाय ?

    काठमाडौं–  दुर्गा प्रसाईंलाई प्रहरीले 'विद्युतीय कारोबार ऐन २०६३को दफा ४७ को कसुर' मा पक्राउ गरेको हो । एक जना महिलाको उजुरीपछि अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद हुन सक्ने कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।नेपाल प्रहरीको साइबर ब्यूरोकाम प्रवक्ता दीपकराज अवस्थीले 'विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७को' कसुर गरेको एक जना महिलाको उजुरीपछि अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । ऐनको उक्त दफामा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 375 पटक पढिएको
  • घर बाहिर ननिस्किएपछि प्रसाईंलाई पक्रन पर्खाल नाघेर गएको थियो प्रहरी

    काठमाडौं- मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 425 पटक पढिएको
  • भक्तपुरबाट समातिए व्यवसायी दुर्गा प्रसाईं, आरोप के छ ?

    काठमाडौं–प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ । उनलाई असोज २ मा जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो । प्रसाईं विरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईंसँगै रहेका युट्युवर प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध पनि उजुरी परेको छ । साइबर ब्युरोमा रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाहरूले उनीहरुविरुद्ध उजुरी दिएका थिए । उजुरीमा उल्लेख गरिए अनुसार उनीहरूले विभिन्न व्यक्तिहरूको चरित्रहत्या गर्दै, बेश्यावृति गरेको आरोप लगाउँदै, र आपत्तिजनक अभिव्यक्ति दिएका थिए । प्रहरीले यस घटनाल

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 485 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको न्युयोर्क भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

    काठमाडौं–संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। शनिबार उनले महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने कुरामा जोड दिए। महासचिवले हिमाल पग्लिएर भएको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय बनाउने आश्वासन दिए।प्रधानमन्त्री ओलीले ‘द समिट अफ द फ्युचर’को सत्रमा सहअध्यक्षता गर्नुका साथै प्लेनरी सत्रमा सम्बोधन पनि गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आजै द्विपक्षीय भेटवार्ता हुने तालिका छ। यो भेटलाई नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफलका लागि महत्वपूर्ण

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 434 पटक पढिएको
  • व्यवस्थित र स्वच्छ शहर बनाउन प्रयासरत छौँः कार्यवाहक प्रधानमन्त्री सिंह

    काठमाडौं- उपप्रधानमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन् । आईतवार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । सिंहले घरजग्गा व्यवसायमा रहेका समस्याहरु पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै शहर व्यवस्थापनमा भएका समस्याहरु पहिचान गरी व्यवस्थित गर्ने काम पनि भइरहेको बताए । कार्यवाहक प्रधानमन्त्री सिंहले शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने बताए । सरकार र निजी क्षेत्र मिलेर व्यव

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 371 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा