समाचार

    Showing 10,221-10,230 of 25,706 items.
  • संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न मुस्लिम संघको माग

    काठमाडौं— नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले जेनजी पुस्ताको माग सम्बोधन गर्ने क्रममा २०७२ को संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न आग्रह गरेको छ । आन्दोलनका क्रममा भएको क्षति र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संघले नेपालको संविधानभित्रैबाट निकास खोज्नुपर्नेमा जोड दिएको हो । संघका महासचिव प्रवेज आलम अन्सारीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।संघले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारलाई जायज मानेपनि सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालतलगायतका सरकारी तथा नि

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 508 पटक पढिएको
  • जेनजीहरुबीच विवाद चर्कियो, कार्यक्रम स्थलमै झडप

    काठमाडौं— सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ ।आइतबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाब सुरु भएको हो । लफडा भएको कारण कार्यक्रम नै स्थगित गरिएको छ । 

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 740 पटक पढिएको
  • कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले मुलुकको विद्यमान संकटपूर्ण अवस्थामा मानव अधिकार, लोकतान्त्रिक मूल्य र कानुनी शासनको सिद्धान्तलाई आधार मानेर समाधान खोज्न आग्रह गरेको छ।आज आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग निरन्तर सम्पर्कमा छ। अहिलेको जटिल परिस्थितिमा संविधानमा उल्लिखित लोकतान्त्रिक मूल्य, मानव अधिकार र कानुनी शासनका सिद्धान्तहरूलाई पछ्याएर समाधान खोजिनु उपयुक्त हुन्छ भन्ने आयोगको धारणा छ।'विज्ञप्तिमा आयोगले राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति र कानुनी शासनको रक्षाका लागि आवश्

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 479 पटक पढिएको
  • प्रहरी प्रभाग पुनःस्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाई

     काठमाडौं— जेनजी आन्दोलनको नाममा भएको विनाशलाई सर्वसाधारण सबैजना मिलेर सुधार गर्ने प्रयासमा लागेका छन्  ।प्रदर्शनको दोस्रो दिनबाट जेनजीहरु आफैंले पनि सरसफाइको अभियान सुरु गरेका छन् । यसै क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई पनि त्यहाँका स्थानीय प्रहरी र महानगर सबै मिलेर सफा गर्न लागेका छन् । सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्य प्रसाद पौडेलले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए । उनले भने, ‘आन्दोलनका क्रममा भएको आगलागी र त्यसको सरसफाइको लागि स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा सयुक

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 647 पटक पढिएको
  • जेन-जी आन्दोलनमा आन्दोलनमा मृत्यु हुने को संख्या ५१ पुग्यो

     काठमाडौं— यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए । उनका अनुसार ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली युवा रहेका छन्। प्रदर्शनको पहिलो दिन १९ जना जेन(जीको मृत्यु भएको थियो भने पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतकको संख्या शुक्रबार ५१ पुगेको हो। यसैबीच जेन-जी प्रदर्शनमा घाइते भएका २९९ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार उनीहरूको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको हो। जसमध्ये सबैभन्दा धेरै झापाको बी

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 763 पटक पढिएको
  • बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो

    बाजुरा । बाजुरामा लगाइएको कफ्र्यु खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार यहि भदौ २५ गते लगाइएको कफ्र्यु क्रमश खुकुलो पारिएको बताए । देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकाले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्ति सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रह गर्नेगरि कफ्र्यु आदेश जारी गरिएको थियो ।आन्दोलनको घटनापश्चात् उत्पन्न असहज परिस्थितिलाई गरि २५ गते विहान ११ बजेदेखि लगाईएको कफ्र्यु खुकुलो पारि जनजिवन सहज बनाइएको हो ।आज बिहान ११ः०० बजेदेखि कफ्र्यु खुकुलो बनाई निषेधाज्ञा भने जारी रहेको प्रजिअ पौडेलले जानकारी दिए । निषेधाज्ञा कार्

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 358 पटक पढिएको
  • क्रसर महासंघले भन्यो : लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुनुपर्छ

    काठमाडौँ –  नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।महासंघका अध्यक्ष सिताराम न्यौपानेले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना व्यक्त गरिएको छ ।महासंघले कानूनसम्मत रूपमा व्यवसाय गर्ने नागरिक अधिकार सुनिश्चित हुनु राज्यको दायित्व भएको उल्लेख गर्दै उद्योगीहरूको लगानीलाई कानूनी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।त्यस्तै, रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेक

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 400 पटक पढिएको
  • सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको छ : मुख्य सचिव अर्याल

    काठमाडौं – जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा भएको व्यापक क्षतिपछि सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको अवलोकन पश्चात पत्रकारहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले आन्दोलनका क्रममा भएको जनधन तथा भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्त अपूरणीय’ भन्दै त्यसको प्रारम्भिक मूल्यांकन सुरु गरिएको जानकारी दिए । उनका अनुसार, सिंहदरबारभित्र मात्र नभई बाहिरका धेरै सरकारी निकायहरूमा समेत गम्भीर क्षति पुगेको छ ।अधिकारीले भने, ‘अब नागरिकलाई सेवा प्रवाह निरन्तरता दिनका लागि पासपोर्ट, वैदेशिक रोजगार, इमिग्रेस

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 413 पटक पढिएको
  • जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा

    काठमाडौं— जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। उनलाई शुक्रबार बिहान नौबजे शीतल निवास बोलाइएको भए पनि केहीबेर अघि मात्रै उनले प्रवेश पाएका हुन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न जेनजीका विभिन्न समूहहरूको तर्फबाट गुरुङले दबाब दिँदै आएका छन्। अब नयाँ प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा गुरुङसँग राष्ट्रपतिले छलफल गर्ने बताइएको छ।हामी नेपालका अध्यक्षसमेत रहेका जेनजी अभियन्ता गुरुङले नेपाली जनताको भावनाअनुसार अबको अन्तरिम सरकार बन्नुपर्ने बताउँदै आएका छन्।उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन ग

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 714 पटक पढिएको
  • भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह

    काठमाडौं— नेपाली सेनाले भ्रामक र झुट्टा सूचनामा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।सेनाले शुक्रबार विज्ञप्तिमार्फत विद्यमान परिस्थितिलाई लिएर नेपाली सेनासम्बन्धी विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेकाले भ्रामक र झुट्टा सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।'विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ । तसर्थ, भ्रामक र झुट्टा समाचारहरूमा वि नगर्न

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 684 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.