समाचार

    Showing 10,211-10,220 of 19,705 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल मौसमको अवस्था  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशको एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सम्पुर्ण प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 317 पटक पढिएको
  • मदिरा सेवनको आरोपपछि डीआईजी ठकुरी हेडक्वाटर तानिए

    काठमाडौं–कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरीलाई मदिरा सेवन गरी प्रहरी आचरण विपरीत गतिविधिमा संलग्न भएको आरोपपछि हेडक्वाटर तानिएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार ठकुरीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ भने उनको स्थानमा जनक भट्टराईलाई पठाइएको छ । यसअघि, मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई पनि लेनदेन विवादमा हेडक्वाटर सरुवा गरिएको थियो । उनलाई लालमणि आचार्यले मधेश प्रदेशमा प्रतिस्थापन गरेका थिए।

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 474 पटक पढिएको
  • एकीकृत समाजवादीले संरचना र जिम्मेवारीमा फेरबदल गर्ने

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी संरचना र नेताहरूको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय गरेको छ । १०औँ राष्ट्रिय महाधिवेशनमा सबै कमिटी विघटन गरिएपछि नयाँ पोलिटब्यूरो कमिटी चयन गरिएको छ । पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा गठन गरिएको कार्यदलले जिम्मेवारी वितरण गर्नेछ । यसपछि संगठन सुदृढीकरणका कार्यक्रम‚ भेला‚ र प्रशिक्षण सञ्चालन गरिनेछ ।

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 324 पटक पढिएको
  • हाम्रो पार्टी कार्यालयमा लुकेको सहकारी ठगलाई प्रहरीको जिम्मामा दिनुहोस् : मुकुल ढकाल

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टीका सदस्यहरूलाई सहकारी ठगको संरक्षणमा नलाग्न अनुरोध गरेका छन् । फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले भ्रष्टाचार र अपराधको संरक्षण गर्न पार्टीको उद्देश्य नभएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन्, बल्की तिनिहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरूको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो ।’उनले पार्टी कार्यालयमा लुकेर बसेको सहकारी ठगलाई प्रहरीलाई बुझाईदिन र कानुनको शासनको रक्षा गर्न आग्रह पनि गरेका छन

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 339 पटक पढिएको
  • दुर्गा प्रसाई पक्राउ परेपछी झापा बन्द, गाडिमा आगजनी

    झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा तीन वटा ट्रकमा आगजनी भएको छ ।गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी भएको छ । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरक

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 450 पटक पढिएको
  • बारामा करेन्ट लागेर हात्तीको मृत्यु

    काठमाडौं–बाराको कोल्हबी नगरपालिका–२ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गली हात्ती करेन्ट लागेर मृत फेला परेको छ । कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार हात्ती स्थानीय रमेश जिसीको धान खेतमा मृतावस्थामा भेटिएको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको छ । कसले र किन जङ्गलमा करेन्ट राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको र विद्युतीय धराप थाप्ने व्यक्तिलाई चाँडै पक्राउ गर्ने प्रयास भइरहेको वन कार्यालयले जनाएको छ । यसअघि २०८० फागुनमा पनि सोही क्षेत्रमा करेन्ट लागेर करिब तीन वर्षको पोथी बाघको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 362 पटक पढिएको
  • धनुषाको प्रहरी हिरासतबाट थुनुवा फरार

    काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन तोडेर ८ थुनुवा भागेको प्रहरी स्रोतले जनाएको छ ।फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक छन् । फरारहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । हिरासतबाट भागेका ९ जनामध्ये १ जनालाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। 

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 417 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द

    काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द भएको छ।  न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जानकारी दिएको हो।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् । 

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 502 पटक पढिएको
  • नेपाल भ्रमणमा कहिले आउँछन् मोदी ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा भएको भेटपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले मोदी चाँडै नेपाल भ्रमणमा आउने बताएकी छन् । उनीहरूबीचको भेट संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा टोते न्यूयोर्क प्यालेस होटलमा भएको थियो । दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत पनि सहभागी थिए । प्रधानमन्त्

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 397 पटक पढिएको
  • पक्राउको सूचना सुनेका रविले भने- सरकारको ध्यान बचत फिर्ता गराउनेमा होइन रास्वपालाई सिध्याउने छ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको ध्यान आफुलाई जेल हाल्ने र रास्वपालाई सिध्याउनमा रहेको बताएका छन् ।आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चारकर्मीहरुसँग भने, 'सरकारको ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ।'गिरफ्तारीको चर्चाबिच सभापति लामिछानेले करिब राति १० बजेतिर शुभेच्छुकलाई सम्बोधन गरेका थिए। उनले राज्यका सबै निकाय र संसद्को छानबिनले आफ्नो संलग्नता नरहेको स्पष्ट पारे पनि प्रतिशोध साध्न खोजिएको गुनासो गरे।मैले राजनीतिक प्रतिवेदनबाट समेत सरकारलाई स्पष्ट भनेको छु, मलाई तपाईं

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 348 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा