समाचार

    Showing 10,201-10,210 of 25,706 items.
  • आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने

     काठमाडौं— प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधिसभा विघटनको निर्णयसँगै निर्वाचनको मिति तोकेका हुन्। शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन्।कार्कीले गरेको विघटनको सिफारिस र निर्वाचनको मिति राष्ट्रपति पौडेलले सदर गरेका हुन्। गत सोमबार र मंगलबार युवा पुस्ता जेनजीको आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन्। 

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 731 पटक पढिएको
  • नेपालको प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्की नियुक्त

     काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएकामा यसपाली भने धारा ६१ अनुसार नियुक्त गरिएको हो।(जेन–जी) आन्दोलनका बलमा उनलाई नियुक्त गरिएको हो। संविधानको धारा ६१- १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ।राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 842 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशलगायत बाग

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 551 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०२ रुपैयाँ २९ पैस

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 527 पटक पढिएको
  • आज २०८२ साल भदौँ २८ गते शनिबारको राशिफल

    मेष पारिवारिक मेलमिलापका क्षण सुदृढ हुनेछन्। आय–आर्जन सामान्य रहे पनि अध्ययन–शिक्षामा उल्लेखनीय प्रगति सम्भावित छ। वृष आत्मविश्वास उच्च रहनेछ। अवरुद्ध कामहरू पूरा हुनेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफल परिणाम प्राप्त हुने सम्भावना बलियो छ।मिथुन स्वास्थ्यमा कमजोरी आउन सक्छ। खर्च बढ्ने देखिन्छ। अनावश्यक विवाद र तनावबाट सचेत रहनु आवश्यक छ।कर्कट आय–आर्जन वृद्धि हुनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। स्वास्थ्य पक्ष बलियो रहनेछ।सिंह अवरुद्ध कामहरू अघि बढ्नेछन्। आर्थिक लाभ प्राप्त हुनेछ। मानसिक तनाव कम भई आत्मविश्वासमा वृद्धि हुनेछ। कन्या सामाजिक तथा धार्म

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 634 पटक पढिएको
  • सुशीला कार्कीकाे मन्त्रिपरिषदमा ओेमप्रकाश अर्याल कानूनमन्त्री, कुलमान र सुधन पनि मन्त्री बन्दै

    काठमाण्डौ  ।  कानूनमन्त्रीमा ओमप्रकाश लगभग निश्चित, कुलमान र सुधन पनि मन्त्रीका दावेदार सुशीला कार्कीकाे मन्त्रिपरिषदमा अधिवक्ता ओेमप्रकाश अर्याल कानूनमन्त्री बन्ने लगभग निश्चित देखिएकाे छ । उनी काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार हुन् ।अर्याल पछिल्लाे पटक प्रधानसेनापति र राष्ट्रपतिसँगकाे वार्तामा समेत संलग्न थिए । शपथपछि शितल निवासमै बस्ने मन्त्रिपरिषदले संसद विघटनका लागि सिफारिस गर्नेछ।यस्तै विद्युत प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरूङकाे नाम पनि भावि मन्त्रीकाे रूपमा चर्चामा छ । 

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 270 पटक पढिएको
  • देश र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शन

    बाजुरा— देश र संविधानको रक्षा गर्न माग गर्दै बाजुरामा शान्तिपूर्ण मौन प्रदर्शन गरिएको छ ।नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल बार एसोसियसन बाजुराको संयुक्त आयोजनामा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा देश बचाउन र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शनी गरिएको हो । “देश बचाऔं,संविधानको रक्षा गरौं” भन्दै हातमा प्लेकार्ड र नेपालको संविधान २०७२ को पुस्तक बोकेर शान्तिपूर्ण मौन प्रर्दशनी गरेका हुन् ।  उनीहरुले अहिलेको विषम परिस्थितिमा देशलाई जोगाउन तथा संविधानको रक्षामा उभिन आह्वान गर्दै मौन प्रदर्शनी गरेका हुन्। यहीँ भदौ २३ र २४ गते संघिय राजधानी काठमाडौं लगायत देशक

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 591 पटक पढिएको
  • शीतल निवासमा सहमति जुटेसंगै सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने

    काठमाडौं— पछिल्लो समय जेनजी आन्दोलनले राजनीतिक उथलपुथलसँगै आज शीतल निवासमा सम्पन्न उच्चस्तरीय वार्ताबाट महत्वपूर्ण सहमति जुटेको छ। प्रतिनिधिसभा विघटनको निर्णयसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो।वार्तामा राष्ट्रपति, जेनजी समूहका प्रतिनिधिहरू, कानुनविद्हरू तथा सुशीला कार्की स्वयंको उपस्थिति रहेको श्रोतले जनाएको छ । वार्तापछि अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिँदै भने, 'आज राति ८:४५ बजे कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा शपथ गराइने तयारी भइरहेको छ।'यो सहमतिलाई राजनीतिक संक्रमणकालीन अवस्थाबाट देशलाई निकास दिनेतर्फको प्रयासका रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 1,314 पटक पढिएको
  • प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार प्रमुख सुशीला कार्की

    काठमाण्डौ  ।  राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।राष्ट्रपति पौडेलले कार्कीलाई 'म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु' र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए। तर आन्दोलनरत जेन-जीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो। अन्तत: राति जेन-जीकै मागअनुरूप संसद विघटन गरेर कार्कील

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 282 पटक पढिएको
  • जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला

    बाजुरा— जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्।४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार दिउँसो काठमाडौं स्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन् ।बुढा काठमाडौं स्थित चाबिलमा बस्दै आएका थिए भने उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए । यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउँन सकेका थिएनन् । यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन उनी सहभागी भएका थिए ।आज आफन्तहरुले दिनभर खोजी कार्य गर्दा उनी आज दिउँसो अस्पतालमा मृत भेटिएको पारिवारीक स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 432 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.