समाचार

    Showing 10,191-10,200 of 25,706 items.
  • आजदेखि चल्न थाले लामो र छोटो दूरीका सवारी

    काठमाडौं— मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधनको आजदेखि आवागमन सुरू भएको छ। कर्फ्यू र निषेधाज्ञा हटेसँगै हिजो फाट्टफुट्ट मात्र चलेका सवारी साधन आज बिहानदेखि बाक्लो संख्यामा देखिएका हुन्।‘जेनजी’ले प्रदर्शन सुरू गरेको माइतीघर–बानेश्वर क्षेत्रमा पनि चहलपहल बढेको छ। चक्रपथ रूटमा महानगर यातायात लगायतले सेवा सुरू गरेका छन्। सार्वजनिक बससँगै ट्याक्सीलगायतका सवारी साधन नियमित रूपमा सञ्चालनमा आएका छन्।

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 684 पटक पढिएको
  • भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलार्ई बधाई

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलार्ई बधाई तथा शुभकामना दिएका छन् ।शनिबार बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’मोदीले नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए । कार्कील

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 373 पटक पढिएको
  • उपप्रमुख डङ्गोलले दिइन नेपालको पहिलो महिला प्रधानमन्त्रीलाइ बधाई

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छन् ।शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री कार्कीलाई यो अवसर केवल ऐतिहासिक र गौरवमय मात्र नभइ मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम क्षण भएको उल्लेख गरेकी छन् ।उनले बदलाको भावनाभन्दा माथि उठेर जेनजी आन्दोलनसहित सम्पूर्ण न्यायप्रेमी जनताको आकांक्षाअनुरूप काम गर्न पनि आग्रह गरेकी छन् ।नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 365 पटक पढिएको
  • मिथिलाञ्चल क्षेत्रमा मनाईने जितिया पर्व आज देखि विधिवत शुरु

    जनकपुर— मधेशलगायत नेपालको तराई क्षेत्रमा मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । यो पर्व विशेषगरी मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी तथा अन्य समुदायका महिलाहरूले आस्थाका साथ मनाउने गर्दछन् । महिलाहरूले आफ्नो सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि निराहार ब्रत बस्ने परम्परा रहेको छ । जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्व निकै गहिरो छ । हिन्दु धर्मशास्त्रअनुसार जितमहान नामक वीर पुरुषको स्मरणमा यो पर्व सुरु भएको मानिन्छ । जितमहानले कठिन सङ्घर्ष र वीरता प्रदर्शन गरेर धर्मको रक्षा गरेका थिए भन्ने धार्मिक विश्वास छ । यसैको स्मरणमा महिलाहरूले ब्रत बस्ने र भगवानलाई प्रसन्

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 642 पटक पढिएको
  • संसद विघटन असंवैधानिक छ : नेपाल बार

    काठमाडौं ।  नेपाल बार एशोसिएशनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको संसद विघटन असंवैधानिक रहेको बताएको छ ।  शुक्रबार राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि बारले एक विज्ञप्ति जारी गर्दै उक्त कदम असंवैधानिक भएको जनाएको हो । बारले विज्ञप्तिमा राष्ट्रपतिको उक्त कदम स्वेच्छाचारी र असंवैधानिकका साथै कानूनी शासन, संवैधानिक सर्वोच्चता तथा संविधानवादको विपरित रहेको उल्लेख गरेको छ ।‘नेपाल बार एशोसिएशन विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र मानव अधिकारको संरक्षणमा समर्पित संस्था हो । प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी रास्ट्

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 384 पटक पढिएको
  • चितवनमा हट्यो निषेधाज्ञा र कफ्र्यु आदेश

    चितवन । चितवनमा निषेधाज्ञा र कफ्र्यु आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यु आदेश हटाइएको जानकारी दिएको हो।नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति चितवनको मिति २०८२÷०५÷२६ गतेको निर्णयानुसार चितवन जिल्लाभरको सीमाभित्र लागु हुने गरी जारी भएको निषेधाज्ञा एवं कफ्र्यु आदेश मिति २०८२÷०५÷२८ गते बिहान ७ बजे देखि लागु हुने गरी हट

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 376 पटक पढिएको
  • ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी

    काठमाडौं— जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यू आइतबारसम्म जारी रहने जानकारी दिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार, शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजे सम्म निषेधाज्ञा लागू हुने प्रशासन कार्यालयले जनाएको छ । यस्तै सोही दिन बेलुकी ७ः०० बजे देखि भाद्र २९ गते बिहान ६ः०० बजे सम्म कफ्र्यू लाग्ने पनि जानकारी गराइएको छ । जिल्ला प्रशासन कार्याल

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 518 पटक पढिएको
  • रामेछापमा आज पनि कफ्र्यु जारी

    रामेछाप—  रामेछापमा आज साँझ पनि कफ्र्यु लगाइएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कफ्र्यु लगाएका छन् । सुरक्षा अवस्थालाई ध्यानमा राखेर स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो । जिल्ला सदरमुकाम मन्थली र पुराना सदरमुकाम रामेछाप बजार क्षेत्रमा कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख छ । मन्थलीमा अधिकांश प्रशासनिक भवन र वित्तीय संस्थाहरू रहेका छन् । त्यस्तै रामेछाप बजारमा कारागार, सेनाको ब्यारेक, अस्पताल लगायतका सरकारी संरचना र ब्यारेक रहेको छ । रामेछाप कारागारमा बिहीबार भएको झडप नियन्त्रण गर्न सुरक्षा

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 543 पटक पढिएको
  • प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति

    काठमाडौं— माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति असहमति व्यक्त गरेको छ । शुक्रबार राति पदाधिकारीको आकस्मिक भर्चुअल बैठक बस्दैँ संसदलाई विघटन गर्ने निर्णयको विषयमा छलफल गरिएको थियो ।बैठक लगतै विज्ञप्ति जारी गर्दै बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत वर्तमान संसदलाई विघटन गर्ने निर्णयको गम्भीर रूपमा असहमति रहेको निर्णय गरिएको बताइएको छ । ‘बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरे

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 512 पटक पढिएको
  • नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटन

    काठमाडौं— नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गरेका छन् । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेका छन् । जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धन

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 576 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.