समाचार

    Showing 10,181-10,190 of 25,706 items.
  • पहिलो गोली खाने जेनजी विमलको परिवारको माग : सहिद घोषणा गरियोस

     काठमाडौं । गोरखा जिल्ला, बारपाक सुलिकोट ५ घर भई हाल काठमाडौंमा बस्दै आएका २२ वर्षिय बिमलबाबु भट्ट संसद भवन अगाडिको आन्दोलनमा प्रहरीको गोली लाग्ने पहिलो जेनजी आन्दोलनकारी हुन् । उनी देश परिवर्तन गर्न भनेर आन्दोलनमा गएका थिए । आन्दोलन सफल भयो तर उनी फर्किएनन् । उनी कहिल्यै घर फर्किदैँन् भन्ने परिवारले कल्पना समेत गरेको थिएन् । बिमललाई गोली लागेको कुरा लामो समयसम्म पनि परिवारलाई पत्तो नै भएन् । एउटा टिकटक भिडियोमा आफ्नो दाईलाई गोली लागेर अस्पताल लगिएको छ बहिनीले पहिलो पटक पत्ता लगाएकी थिइन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा बहिनीले भनिन्, ‘दाईलाई गोली लागेको थाहा पनि थिएन् । एक जना दिद

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 289 पटक पढिएको
  • नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला

    रौतहट— जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् । शनिबार बिहानदेखि खोजी गरेपनि दिउँसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए ।जितिया पर्वको (नहायखाय) अर्थात पवित्

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 579 पटक पढिएको
  • मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झना

    मुगु— जेनजी पुस्ताका युवाहरुले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका ५१ जना युवाहरूको सम्झनामा सदरमुकाम गमगढीमा रहेको बिपी चोकमा श्रद्धान्जली सभा गरिएको छ । सभापछि जेनजी युवाहरूले सफलता हाँसिल गरी अन्तरिम सरकार निर्माण भएपछि स्मृतिमा सभा आयोजना गरिएको हो । सभामा आन्दोलनले अघि सारेको म्यान्डेट अनुसार काम गर्न स्थानीय नागरिक समाजका अगुवा रुप बहादुर मल्लले आग्रह गरेका छन् । अगुवा मल्ल अनुसार मुगुमा प्रदेश, संघ र स्थानीय तहबाट सन्चालन भएका योजनामा अनियमितता हुने गरेकाले जेनजीको ध्यान जान जरुरी रहेको बताए । 

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 545 पटक पढिएको
  • कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र हातहतियार फिर्ता गर्न आयोगको आग्रह

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुहरुलाई कारागार फिर्ता हुन साथै प्रहरीका हतियार र पोशाकहरु नियन्त्रणमा लिएकाले उक्त हतियारहरु पूर्ण रुपमा फिर्ता गर्न आग्रह गरेको छ । शनिबार एक सूचना जारी गर्दै आयोगले कैदीबन्दीहरु कारागारबाट भाग्दा अपराध पीडितको अधिकार हनन हुने भएकाले कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको हो । ‘प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भनी आयोगमा जानकारीहरु प्राप्त भएका छन् । बालसुधारगृहमा रहेका व्यक्तिहरु समेत सुधारगृहबाट भागेका भनी जानक

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 675 पटक पढिएको
  • आन्दोलनका क्रममा चोरी भएको दुई ट्रक सामान प्रहरी नियन्त्रणमा

    हेटौंडा— भदौ महिनाको २४ गते हेटौंडामा भएको जेनजीको प्रदर्शनको क्रममा लुटपाट भएको सामग्री र संलग्नलाई पक्राउ गर्न मकवानपुर प्रहरीले सक्रियता देखाएको छ ।शनिबार बिहान हेटौंडा–४ कर्राबाट ठूलो संख्यामा लुटपाट गरिएको सामान सहित केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपाल प्रहरीले हालै सार्वजनिक गरेको अपिलमा लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्न र चोरी भएको सामान फिर्ता गर्न आग्रह गरेको थियो ।त्यसै अनुरूप स्थानीयवासीको सहयोगमा वडा प्रहरी कार्यालय हेटौंडा र सानोपोखराले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको हेटौंडा–१० स्थित कार्यालयबाट चोरी भएका सामग्रीहरू बरामद गरेका छन् । बरामद गरिए

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 587 पटक पढिएको
  • सीसी क्यामेरा जडानले अपराधिक घटनामा कमी

    बाजुरा— बाजुराको सदरमुकाम मार्तडी बजारमा सीसी क्यामेरा जडानपछि अपराधिक घटनामा कमी आएको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न बडीमालिका नगरपालिकाले दुई महिना अघि सीसी क्यामरा जडान गरेको थियो ।सीसी क्यामरा जडान गर्नुपूर्व बजार क्षेत्रमा शान्ति सुरक्षामा असहज, चोरी डकैती जस्ता कार्य हुने ठाउँमा अहिले क्यामरा जडान पछि त्यस्ता घटनामा कमी आएको बडीमालिका नगरपालिकाका नगर प्रवक्ता धर्मराज पाध्यायले बताए ।उनका अनुसार, बजार क्षेत्रमा शान्ति सुरक्षा अहिले निकै नियमन भएको छ । रातीको समयमा हुने अपराधिक घटना, हुलदङ्गा लगायतका नकारात्मक कार्यमा विस्तारै सुधार हुँदै गएको प्रवक्ता पाध्यायले बताए ।&nb

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 606 पटक पढिएको
  • रौतहटमा निषेधाज्ञा र कफ्र्युलाई शनिबार पनि निरन्तरता

    रौतहट । रौतहटमा जेन–जी आन्दोलनको क्रममा उत्पन्न परिस्थिति क्रमशः सामान्यतर्फ फर्किएको छ ।तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार पनि निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिएको छ ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क र ख बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले कफ्र्यू तथा निषेधाज्ञा आदेश जारी गरेका हुन् । स्थानीय प्रशासनले जारी गरेको आदेशमा शनिबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू हुने र त्यसपछि शनिबार साँझ ७ बजे देखि आईतवार बिहान ६ बजेसम्म कफ्र्यु कायम रहने उल्लेख छ । निषेधाज्ञा र कफ्र्युको समयमा भेला, जुलुस, सभा, बैठक, प

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 348 पटक पढिएको
  • काठमाडौंमा कफ्र्यू तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र सम्बन्धी आदेश कायमै

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाएको छ । शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।  ‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कफ्र्यू तर, सुरक्षा तथा निषेधाज्ञा मिति २०८२/०५/२८ गते देखि हटाईएको छ,’ विज्ञप्तिका लेखिएको छ,‘ संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ ग

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 243 पटक पढिएको
  • पोखरामा निषेधाज्ञा र कफ्र्यू हटाइयो

     काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा लगाइएको निषेधाज्ञा र कफ्र्यू आदेश हटाएको छ । शनिबार एक सूचना जारी गर्दै बिहान ९ बजेदेखि लागू हुनेगरी पोखराका विभिन्न स्थानहरुमा लगाइएको निषेधाज्ञा र कफ्र्यू आदेश हटाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा शान्ति सुव्यवस्था र पारस्पारिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान जिल्लाबासीमा अनुरोध समेत गरेकी छन् । ‘जिल्लामा शान्ति सुव्यवस्था र पारस्पारिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 312 पटक पढिएको
  • ‘जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य : डा. कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै ’जेनजी’ आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन् ।शनिबार विज्ञप्ति जारी गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन् ।यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन् । विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएक

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 393 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.