काठमाडौं – राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जानकारी गराइएको छ।वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि (११ र १२ गते) रात्रीकालीन बस चलाउन नपाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको हो। साथै, प्राधिकरणले धान नकट्न र यदि काटिसकेको छ भने तुरन्त थन्काउन पनि आग्रह गरेको छ। तराई मधेश क्षेत्रका लागि सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि सिफारिस गरिएको छ।
बाजुरा – स्वामीकार्तिक खापर गाउँपालिका-३ बाट दुई थान भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ४० वर्षीय धिरेन्द्र शाही र ३० वर्षीय रमेश शाही रहेका छन्, दुवै सोही गाउँपालिकाका बासिन्दा हुन्।धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको टोलीले धिरेन्द्रको घर नजिकैको ओढारबाट एक थान र रमेशको गोठबाट अर्को थान भरूवा बन्दुक बरामद गरेको हो। प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाएर कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सर्लाही मलंगवा नगरपालिका-६ का खालिक खान पक्राउ परेका छन्।काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ मा बस्दै आएका ३१ वर्षीय खालिकले एक पीडितबाट ८० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीको आधारमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो।खानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका-१५ तीनथानाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
काठमाडौं– ठगी र जबरजस्ती करणी सम्बन्धी कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीय भुपेन्द्र बोहोरा, काठमाडौं नागार्जुन नगरपालिका-९ का २८ वर्षीय कबिर बुढाथोकी, र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का २६ वर्षीय रोमन कार्की रहेका छन्। उनीहरूलाई बुधबार नेपाल फिर्ता ल्याइएको हो ।नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट भुपेन्द्र बोहोरा विरुद्ध २०७९ जेठ १६ गते रेड नोटिस जारी गरिएको थियो । यस्तै, कबिर बुढाथोकी र रोमन कार्की विरुद्ध क्रमशः २०७० स
काठमाडौं– देशभरको प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडानहरूमा असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान काठमाडौं फर्किएका छन् ।काठमाडौंबाट सिमरा र विराटनगरका लागि उडेका यती एयरलाइन्सका विमानहरू आकाशमा मौसम प्रतिकूल भएपछि अवतरण गर्न नसकी बीचबाटोबाटै फर्किएका हुन् । खराब मौसमका कारण आजका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) रद्द गरिएको छ ।विशेष गरी काठमाडौं बाहिरका गन्तव्यहरू जस्तै विराटनगर र सिमरा उडानहरू प्रभावित भएका छन् भने काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान सामान्य रूपमा जारी रहेको छ ।अन्तर्राष्ट
काठमाडौं – अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा पहिरो खस्दा यातायात ठप्प भएको छ । मकवानपुरको कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । बकैया गाउँपालिका–१२, घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सवारीसाधनको आवागमन रोकिएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयले पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको पुष्टि गरेको छ । यही समयमा, कर्णाली राजमार्ग पनि पहिरोका कारण बन्द भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा बिहीबार बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीका अनुसार कर्णाली
काठमाडौं– नेपाल प्रहरीका २४ जना कर्मचारी गैरहाजिर रहेका कारण उनीहरूलाई सात दिनभित्र स्पष्टीकरण दिनको लागि सूचनामार्फत खबर गरिएको छ । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक गरेको सूचनामा गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूले तोकिएको समयभित्र सन्तोषजनक कारणसहित हाजिर हुन निर्देशन दिएको छ ।प्रहरी नियमावली, २०७१ को नियम ११५ (२) अनुसार खोजतलास प्रक्रिया पूरा भइसकेपछि पनि उनीहरू सम्पर्कमा नआएका कारण यो सूचना प्रकाशित गरिएको हो । सूचनामा उल्लेख भएअनुसार गैरहाजिर कर्मचारीहरूले सात दिनभित्र आफ्नो गैरहाजिरीको कारण स्पष्ट नगरे उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ ।
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्मको रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै, ओलीले नेपालका हिमाल विश्वव्यापी कार्बन उत्सर्जनका कारण पग्लिरहेको बताए ।प्रधानमन्त्रीले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै १० वटा नदी प्रणालीहरू सुख्खा भइसकेको र यो समस्या समाधानका लागि एकीकृत जलवायु अनुकूलन योजना आवश्यक भएको बताए। उनले हिमालयलाई प्राकृतिक ‘रिचार्ज सिस्टम’ भन्दै, यसलाई पग्लिन र समुद्रको तापक्रम बढ्नबाट रोक्न विश्वव्यापी प्रयास आवश्यक र
काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशका थोरै तथा बाग्मती प्रदेश, गण्डकी प्
विराटनगर- विराटनगर महानगरपालिका-२ मुनालपथस्थित एक इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गर्ने पसलमा लागेको आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको छ । विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दिउँसो करिब २ बजे सुरु भएको आगो करिब पौने ४ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । मनिष वंशलले सञ्चालन गर्दै आएको उक्त पसलबाट बिजुलीले चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको थियो । आगोले पसल पूणर्रूपमा जलेर क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्ने
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.