समाचार

    Showing 10,161-10,170 of 23,640 items.
  • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

    काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमा समावेश नगरिएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर दुख व्यक्त गरेको छ ।  नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि विशेषतः कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको माग अनुसार पुनरावलोकन गरिदिन अनुरोध गरेको थियो जसमा सबै प्रकारका सवारीका लागि ८०%, २०% कर्जा अनुपात कायम गरिनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको थियो । तर, मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि यस्तो कु

    • प्रकाशित मितिः असार २८, २०८२
    • 269 पटक पढिएको
  • चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउदैँ

    काठमाडौं । चलचित्र  ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक  २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ  । चलचित्र अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव साप

    • प्रकाशित मितिः असार २८, २०८२
    • 464 पटक पढिएको
  • नेसनल प्याब्सन र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा एआई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा कक्षा ५ देखि १० सम्मका शिक्षक र शिक्षिकाहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा आधारित एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणाले गरेकी थिइन् । उनले २१औँ शताब्दीको शिक्षालाई प्रविधि मैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै यसका लागि एआई जस्तो विषयमा शिक्षकहरूलाई दक्ष बनाउन यस्ता तालिमहरू महत्त्वपूर्ण रहेको बताइन् ।कार्यक्रममा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्ण बहादुर शाहीले शिक

    • प्रकाशित मितिः असार २८, २०८२
    • 330 पटक पढिएको
  • डेविस कपको लागि नेपाली टेनिस टोली आइतबार मलेसिया जादैँ

     काठमाडौं  । डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घलेले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा जितेन्द्र परियार तथा व्यवस्थापकमा जयजीव हाडा रहेका छन् ।ग्रुप ४ को यो प्रतिस्पर्धामा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी ८ राष्ट्र दुई समूहमा बाँडिएर खेल्ने छन् ।टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कम

    • प्रकाशित मितिः असार २८, २०८२
    • 411 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१  पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०६ पैसा र बिक्री

    • प्रकाशित मितिः असार २८, २०८२
    • 359 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ।दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भाव

    • प्रकाशित मितिः असार २८, २०८२
    • 431 पटक पढिएको
  • श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पक्राउ

    काठमाडौं । पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई ‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा सुरक्षा निकायले पक्राउ गरेर आजसम्म हिरासतमा राखेको छ। डा. पाठकले सार्वजनिक रुपमा जारी गरेको विज्ञप्तिमा ‘श्री ५’ शब्द लेखेकै कारण उनलाई कारबाही गरिएको बताइएको छ। यो घटनापछि सर्वसाधारणले प्रजातन्त्र, गणतन्त्रजस्ता शासन प्रणाली आएपछि पनि बोल्ने अधिकार र लेख्ने अधिकार हनन हुनु राम्रो नभएको प्रतिक्रिया दिएका छन्। सर्वसाधारणले यस कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै आलोचना गरेका छन्। 

    • प्रकाशित मितिः असार २७, २०८२
    • 250 पटक पढिएको
  • शैक्षिक माफियाविरुद्ध नेविसंघको आक्रोश, प्रधानमन्त्री निवासअघि नाराबाजी...

    काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको छ।जिल्ला कार्यसमितिको झण्डा बोकेर आएका नेविसंघका विद्यार्थीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै शैक्षिक प्रणालीमा देखिएको अनियमितता र शैक्षिक माफियाविरुद्ध आवाज उठाएका हुन्।एक दर्जनभन्दा बढी संख्या पुगेका उनीहरूले टाउकोमा कालोपट्टी बाँधेका थिए र ‘फेयर स्कलरसिप’, ‘दोहोरो भर्ना बन्द गर’, ‘प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर’ जस्ता नारा लेखिएका पम्प्लेटहरू बोकेका थिए। प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई नियन्त्रणमा लि

    • प्रकाशित मितिः असार २७, २०८२
    • 876 पटक पढिएको
  • आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीतिको पूर्णपाठ सार्वजनिक

    काठमाण्डौ । उर्जा क्षेत्रमा प्रवाह भएको कर्जाको ब्याज पुँजीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै ऊर्जा उत्पादनका क्षेत्रमा प्रवाह गरेको कर्जाको ब्याज पुँजीकरण गर्नेसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताए । साथै, चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गरिने उनको भनाइ छ । वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तरमा सुधार गर्न सम्पति गुणस्तरको मूल्याङ्कन गरिने उनले बताए । राष्ट्र बैंकले उक्त नीति पूर्णपाठसहित आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 428 पटक पढिएको
  • आज विश्व जनसङ्ख्या दिवस

    काठमाडौँ।  आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दू

    • प्रकाशित मितिः असार २७, २०८२
    • 358 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.