समाचार

    Showing 10,001-10,010 of 19,688 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ साथै स्थानीय बायुको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्था

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 321 पटक पढिएको
  • क्यानाडामा विदेशीलाई स्थायी बसोवासका लागि एक्सप्रेस इन्ट्री खुला

    काठमाडौं— क्यानाडामा बसोवास गर्न चाहने विदेशीहरूका त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारले स्थायी बसोवासका लागि आवेदन आह्वान गरेको छ । क्यानाडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो ।अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन दिन सकिनेछ। फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, यस पटक १००० जना यो अवसरबाट लाभान्वित हुन सक्नेछन् ।रिपोर्टमा उल्लेख गरिएअनुसार, सबैभन्दा कम अंक पाउने आवेदकको सीआरएस (कम्

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 954 पटक पढिएको
  • गौतमबुद्ध विमानस्थलबाट फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान भर्ने

    काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले उडान गर्न लागेका हुन् । यी तीनवटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका छन् । सो

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 474 पटक पढिएको
  • एक हप्तासम्म पनि ल्याउन सकिएन पाँच पर्वतारोहीको शव

    म्याग्दी— धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन ।सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए । ‘हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो’ उनले भने, ‘मौसमको खराबी र प्रतिकूल भूगोलका कारण शव सङ्कलन गरेर घटनास्थलबाट ल्याउने प्रयास सफल भएको छैन ।’ बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेल

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 450 पटक पढिएको
  • तनहुँमा डेंगुका बिरामीले बेड भरिएपछि भूइँमा राखेर उपचार गरिँदै

    तनहुँ— तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।‘विरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेंगुका विरामीको चाप अनपेक्षितरू

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 417 पटक पढिएको
  • आज पनि दशैंको टीका लगाइँदै

    काठमाडौं— आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैंको टीका लगाउने क्रम सोमबार पनि जारी छ। सोमबार ४५ घडी ५५ पला द्वादशी तिथि छ। बडादशैं अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ।आश्विन शुक्ल पूर्णिमा अर्थात

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 424 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रद

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 376 पटक पढिएको
  • पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    काठमाडौं— पाँचखाल नगरपालिका ८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। शनिवार राति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत ५० किलोमा सडक पूर्णरूपमा अवरुद्ध भएको हो। ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको जानकारी दिए। अवरुद्ध राजमार्ग एकतर्फी खुलाउन पहिरो पन्छाउने काम भइरहेको उनले बताए। राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधनको लाम लागेको छ। 

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 203 पटक पढिएको
  • विश्वका ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक

    काठमाडौं— विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको छ ।दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 175 पटक पढिएको
  • टीका लगाउन हिँड्नेको चहलपहलसँगै काठमाडौं उपत्यकाका सडक व्यस्त

    काठमाडौं— बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन हिजो शनिवार घरमा मान्यजनको हातबाट टीका ग्रहण गरेपछि आज पनि जारी छ ।आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्न अन्यत्र जाने सर्वसाधारणको चहलपहल बढेको हो ।काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य सडकहरूमा दशैंको टीका खुलेसँगै चहलपहल बढेको हो । दशैंको टीकाको दिन आज आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन आवतजावतको क्रम शुरू भएको हो ।टीका लगाउने क्रम बढेसँगै महानवमीका दिन सुनसानजस्तो देखिएको काठमाडौंमा दशमीका दिन सर्वसाधारणको आवतजावत बाक्लो भएको छ ।सडकमा सार्वजनिक सवारी साधनहरू न्यून मात्रमा चलेका छन् भने निजी स

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 327 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा