राजनीति

    Showing 9,671-9,680 of 10,379 items.
  • बाढी प्रभावित तीन पालिकालाई ६७ लाख सहयोग

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकका बाढी प्रभावित तीन पालिकालाई नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशले आर्थिक सहयोग गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए ।दुई पालिका हेलम्बु र मेलम्चीलाई रु २३ लाख २९ हजार ९९९ का दरले र पाँचपोखरी थाङपाललाई रु २०

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 105 पटक पढिएको
  • सभामुख सापकोटा र अर्थमन्त्री शर्मा छलफल

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको थियो । भेटमा उहाँहरुबीच विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लामा सरकारको प्राथमिकताबारे पनि छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेली

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 112 पटक पढिएको
  • म कुनै पनि पक्ष लिन्न : रेशम चौधरी

    काठमाडौं / जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीले एउटा पक्षमा हस्ताक्षर गर्न नैतिकताले नदिएको बताएका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले एउटा पक्षमा हस्ताक्षर गर्न आफ्नो नैतिकताले नदिएको बताएका हुन् ।जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गरे ।‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा ह

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 163 पटक पढिएको
  • सरकारले संयमित भएर काम गर्नुपर्छ : डा महत

    गुल्मी / नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले ओली सरकारको ज्यादतिका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षित रुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताएका छन् ।उनले नेपाली काँग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा राखेका छन् ।  नेपाली काँग्रेस गुल्मीले आज बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाटी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन एवं भ्रष्टाचारमुक्त र जनता केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बर्हिगमन हुनुपरेको बताएका छन् । स

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 108 पटक पढिएको
  • निर्वाचन आयोगमा रेशम चौधरीको उपस्थिती

    काठमाडौं / जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोगमा उपस्थित भएका छन् ।  डिल्लीबजार कारागारमा रहेका चौधरी जसपाको आधिकारिकता विवाद हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका हुन् । निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोग आएका हुन् । सम्भवत आजै आयोगले आधिकारिकताबारे निर्णय सुनाउनेछ।

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 390 पटक पढिएको
  • जसपाको विवाद निर्वाचन आयोगमा, यादवको पक्षमा बहुमत

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)को अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरू आउने क्रम जारी रहेको बताए । उनले भने, ‘हाम्रो पक्षमा अत्यधिक बहुमत देखिएको छ। अहिलेसम्म ३४ जनाको हस्ताक्षर हाम्रो पक्षमा भएको छ, केही आउने क्रम जारी छ ।’सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इतर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो । सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 130 पटक पढिएको
  • कोरोनाको तेस्रो भेरियन्ट रोकथामको तयारीमा प्रदेश सरकार

    कर्णाली / कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बूढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन् । कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बूढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेन्टसहितको कोरोना महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताएका हुन् । “नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको प्रदेश सरकार कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारी जनशक्ति तथा उपकरणको व्यवस्थापनमा

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 124 पटक पढिएको
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं / आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा  बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 150 पटक पढिएको
  • महन्थ ठाकुरको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौँ / जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाउने फैसला गरेको छ । आजको इजलासले निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ । जसपाको आधिकरिकता विवाद निरुपण गर्न निर्वाचन आयोगले साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । उक्त निर्णयविरुद्ध ठाकुर सर्वोच्च पुगेका हुन् ।

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 97 पटक पढिएको
  • स्वास्थ्य राज्यमन्त्रीमा सांसद श्रेष्ठ नियुक्त

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गरेकि छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उनले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकि हुन् । राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.