राजनीति

    Showing 9,661-9,670 of 10,379 items.
  • जन्म र मृत्यु संस्कारका लागि निःशुल्क चामल वितरण

    सिमकोट / गत आर्थिक वर्षमा सरकारले कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल निःशुल्क वितरण गरेको छ ।  कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिव्यक्ति २० किलोग्राम चामल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । सोही अनुसार गत आर्थिक वर्षमा जन्म संस्कारमा ३१९ र मृत्यु संस्कारमा १२८ जनालाई ८९४ क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए ।उक्त चामल ढुवानी गर्न रु एक लाख ६८ हजार ५०० खर्च भएको उनको भनाइ छ । उनका अनुसार निःशुल्क चामल लिनका लागि जन्म र मृत्युको दर्ता प्रमाणपत्र, सम्

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 98 पटक पढिएको
  • अघिल्लो सरकारले नियुक्त गरेको तीन प्रदेश प्रमुख फेर्ने तयारी

    काठमाडौँ / शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् । प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त भएका थिए । त्यस्तै गण्डकी प्रदेशमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत वैशाख २० गते पौडेल प्रदेश प्रमुख नियुक्त भएकी थिइन्लु । म्बिनी प्रदेशम

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 110 पटक पढिएको
  • दुई कानून संशोधन गर्न कानून समितिको निर्देशन

    काठमाडौँ / संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले मुलुकी अपराधसंहिता, २०७४ को गर्भ संरक्षण विरुद्धको कसुर परिच्छेद खारेज गर्न निर्देशन दिएको छ । समितिमा सोमबार भएको छलफलका क्रममा सभापति कृष्णभक्त पोखरेलले संहिताको सो परिच्छेद सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को परिभाषा, परिच्छेद ४ र कसूर र सजाय परिच्छेदमा संशोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएका हुन् ।बैठकमा सांसद लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, मीनबहादुर विश्वकर्मा, स्वास्थ्य सचिव डा रोशन पोखरेललगायतले बाझिएको कानून संशोधन गरिनुपर्नेमा जोड दिएका थिए। बैठक

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 95 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुईजना मन्त्री बनेका थिए । यस्तै, प्रधानमन्त्री देउवाले आइतबार एकजना राज्यमन्त्री थप गरेका छन् । प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिए पनि सबै दललाई मि

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 133 पटक पढिएको
  • कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले बुझायो देउवालाई प्रतिवेदन

    काठमाडौँ  / नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवालाई क्रियशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ । देउवालाई मंगलबार समितिले क्रियशील सदस्यताको प्रतिवेदन बुझाएको हो ।  कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको समितिले जनाएको छ । रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो ।

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 114 पटक पढिएको
  • राष्ट्रपति स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । उनि मंगलबार बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् । नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 165 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

    काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी सम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने छन् ।आइतबार उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।२०४८ सालको आम निर्वाचनमा जनमोर्चा नेपालबाट सिराहा क्षेत्र नम्बर ५ बाट विजयी वाइवाको २०७८ जेठ २० गते निधन भएको थियो ।

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 125 पटक पढिएको
  • मुख्यमन्त्री पोखरेलको धार्मिक पर्यटन प्रवद्र्धनमा जोड

    गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका –२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उहाँले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढ्ने बताए ।उनले प्रदेशभित्रका धार्मिक पर्यटकीय महत्वका नवलपुरको गजेन्द्रमोक्ष धाम, देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । जनस्तरबाट शुरु गरी प

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 84 पटक पढिएको
  • जसपाको बैठक बालकुमारीमा बस्दै

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएकामे छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो । कार्यकारिणी सदस्य रामनरेश राय यादवका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुनेछ ।संसदीय दलको विधान कार्यकारिणी समितिबाट पारित भइसकेको छ । सो विधानलाई संसदीय दलमा पठाइने छ । संसदीय दलमा प्रकृया सुरु गरेर संसदीय दलको नेता चयन हुने बताइएको छ । संसदीय दलको

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 108 पटक पढिएको
  • यादव पक्षले पायो जसपाको आधिकारिकता

    काठमाडौं  / निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए ।जसपा नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन् ।निर्वाचन आयोगले सोमबार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको थियो । सोही अनुसार आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएको आयोग स्रोतले जानकारी दिएको छ ।य

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 241 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.