राजनीति

    Showing 9,421-9,430 of 10,379 items.
  • एमसीसीको विरोधमा विप्लव समूहको प्रदर्शन

    बिर्तामोड / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा काठमाडौँमा प्रदर्शन गरेका छन् । विप्लव समूहले एमसीसी नेपालको हितमा नरहेको भन्दै यसको खारेजीको माग राखी सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरको हो । विरोध प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरू पनि सहभागी भएका छन् ।सडक र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।उक्

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 129 पटक पढिएको
  • एनआरएनएको निर्वाचन स्थगित

    काठमाडौँ / गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो । मन्त्रालयको सो निर्देशनपछि सङ्घको आगामी अक्टोबर २३–२५ मा हुने १० औँ महाधिवेशन अनिश्चित बनेको छ । विभिन्न देशबाट महाधिवेशनमा भाग लिने प्रतिनिधि विधानविपरीत सिफारिस गरेको भनी सङ्घका तीन सदस्यले मन्त्रालयमा निवेदन दिएपछि त्यसको अनुगमन गर्न मन्त्रालयको नीति योजना विकास क

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 124 पटक पढिएको
  • प्रदेश १ मा एकीकृत समाजवादीको संसदीय दलको नेतामा राई चयन

    बिर्तामोड  / नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलकाे नेता चयन गरेको हो । भीमप्रसाद आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र आजै प्रदेशसभा सचिवालयमा पठाउने तयारी रहेको समाजवादीका सांसद उपेन्द्र घिमिरेले जानकारी दिए । प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा दश जना सांसदले सनाखत गरेका थिए । उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । एकीकृत समाजवादीमा सनाखत गर्नेमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, क

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 145 पटक पढिएको
  • सभामुखकाे आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि बोलाइएको छ । सर्वदलीय छलफल संसद्मा जारी गतिरोध अन्त्य लगायतका  समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ ।छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा,  नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाललाई आमन्त्रण ग

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 131 पटक पढिएको
  • अनेरास्ववियू( क्रान्तिकारी )को प्रथम चन्द्रपुर नगर सम्मेलनमा ३५ सदस्यीय नगर कमिटी चयन

     रौतहट //अनेरास्ववियू( क्रान्तिकारी ) प्रथम चन्द्रपुर नगर सम्मेलनले ३५ सदस्यीय नगर कमिटी बनाएको छ ।चन्द्रपुरस्थित जनज्योती बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको प्रथम चन्द्रपुर नगर सम्मेलनले  ३५ सदस्यीय  नगर  कमिटि  बनाएको हो। उपाध्यक्षमा  दरिमाया योन्जन र नितेस कुश्वाहा  चयन भएका छन्। त्यसैगरी  सचिवमा  दिपेश बछार , सह-सचिवमा बिजय मोक्तान , कोषाध्यक्षमा  डोलमाया योन्जन सहित ३५  सदस्य  चयन भएको बताइएको छ।  उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादीका नेता तथा केन्द्रिय सदस्य चेत बोलखेले संयुक्त  गठबन्धनको सरकारमा माओवादी

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 257 पटक पढिएको
  • सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।बैठकलाई पुनः सञ्चालन गर्

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 129 पटक पढिएको
  • भन्सारमा ‘भेइकल स्क्यानर’ जडान गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उनले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारीसाधनमा लोडभएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजस्व सङ्कलन वृद्धि गर्न कर्मचारीलाई आग्रह गरे ।कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले त

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 120 पटक पढिएको
  • मर्यादित भएर संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

    बिर्तामोड / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् । एमालेको संसदीय दलको आज बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा ओलीले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिएका हुन् ।  एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले संसद् अवरुद्ध गर्ने, नाराबाजी गर्ने, मर्यादित भएर प्रस्तुत हुने र निर्धारितरुपमा तोकिएको नारा मात्र लगाउन आफ्नो पार्टीका सांसदहरूलाई निर्देशन दिए । “माइकले हान्ने पार्टीको कुनै पनि योजना थिएन, काँध चढेर मर्यादापालकको घेरा तोड्न खोजेजस्तो देखियो, त्यस्तो

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 108 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौँ / प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण १५ मिनेटका लागि स्थगन भएको छ ।आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए । एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई  प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।  बैठक अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक  आग्रह  गरेका थिए । एमालेका सांसदको लगातारको बैठक अवरोधपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 105 पटक पढिएको
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनका नेता बानियाँ र पाण्डेको दाबी

    मकवानपुर / बागमती प्रदेशमा नेकपा एमालेको सरकार अल्पमतमा परेसँगै गठबन्धनले प्रदेश सरकारको नेतृत्वका लागि पहल शुरु गरेको छ । एमालेबाट प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि विपक्षी गठबन्धनको सरकारले नेतृत्वका लागि पहल शुरु गरेको हो । गठबन्धनले नयाँ सरकार बनाउन तयारी गरेसँगै मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीका लागि दाबी गर्न थालेका छन् । भदौ २ गते नेकपा एमालेको एकता जोगाउन भन्दै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि एमाल

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.