राजनीति

    Showing 9,351-9,360 of 10,378 items.
  • परराष्ट्रमन्त्रीलाई भारतका विदेशमन्त्रीको बधाई

    काठान्डौ  / नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त भएकोमा भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उनीसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् । यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाट बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा छन् भने परराष्ट्रमन्त्री खड्का सोही सिलसिलामा आज अपराह्न त्यहाँ पुग्दै छन्।दक्षिण एसियाली क्षेत्री

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 146 पटक पढिएको
  • आज प्रतिनिधि सभा बैठक बस्दै

    काठमाडौँ  / प्रतिनिधिसभा बैठक आज (बिहिबारं) बस्दैछ । संसद सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।सचिवालयका अनुसार बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले उनको राजीनामासमेत मागिरहेको छ ।

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 127 पटक पढिएको
  • सरकारले गति लिन नसकेको आरोप

     राँझा / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाएका छन् । नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप  लगाएका हुन् । पूर्वप्रधानमन्त्री ओलीले अघिल्लो सरकारले राजदूतमा पार्टीका कार्यकर्ता नभई वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशका लागि काम गर्नसक्ने व्यक्तिलाई पठाएको उनले प्रष्ट्याएका छन् । पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्रगतिमा अगाडि बढेको दाबी गर्दै उनले विकासका काम अगाडि बढाउन

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 141 पटक पढिएको
  • को भन्दा को कम : अपराधी छुटाउन दलका नेताको तँछाडमछाड

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पालामा भएका बेथिति , भ्रष्टाचार र सत्ताको दुरुपयोगका घटनाको विरोध गर्दा गर्दै सत्तामा पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले पनि आफूलाई ओलीकै बाटोमा हिँडाउन थालेका छन् ।सरकारको नेतृत्व आफ्नो हातमा हुन्जेल मनपरी र सत्ताको चरम दुरुपयोग गरेका ओली र सो पार्टीका नेताहरू यतिबेला सरकारबाट बाहिरिएपछि फेरि आम जनताको बिचमा विगतका गल्तीमा माफी अनि क्षमा समेत नमागी आदर्शवान नेताको रुपमा आफूलाई उभ्याउन खोजिरहेका छन् ।ओली सत्ता च्युत भएपछि सत्ता आफ्नो पार्टीको हातमा लिन सफल भएका कांग्रेस , माओवादी केन्द्र , एकीकृत समाजवादी , जसपा र संयुक्त जनमोर्चा आफ्नो स

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 105 पटक पढिएको
  • सत्तारुढ गठबन्धनको बैठक बस्दै

    बिर्तामोड / मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । बैठक साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको गठबन्धनका एक नेताले बताएका छन् ।मंगलबार साँझ बसेको गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।बुधबारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने स्रोतले बताएको छ। गएको २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद् ६ सदस्यीय मात्र छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हालिरहेका छन् ।

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 117 पटक पढिएको
  • कांग्रेस वडा अधिवेशन : वडामै पराजित भएका नेताहरू

    बिर्तामोड / नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा नै पराजित भएका छन् । मंगलबार सिन्धुपाल्चोकमा भएको वडा अधिवेशनमा उनी पराजित भएका हुन् । तिमिल्सिना कृष्णप्रसाद सिटौलानिकट मान्छिन् । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा –३ का तिमिल्सिनाले ७७ मतमात्र पाएका थिए । उनलाई पराजित गर्ने १७ मत बढी पाएका थिए ।यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । सिन्धु–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङस पनि वडामै हारेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनीहरू बाह्रबिसे नगरपालिका वड

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 147 पटक पढिएको
  • कांग्रेस नेता खड्का परराष्ट्रमन्त्रीमा नियुक्त, आजै शपथ लिँदै

    बिर्तामोड / कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (वुधबार) परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । केही बेरमै खड्काको राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम हुनेछ। परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन्।सत्तारुढ गठबन्धनको मङ्गलवारको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्। आज राति साढे ८ बजे डा. खड्काको टोली न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको उनका स्वक

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 133 पटक पढिएको
  • परराष्ट्रमन्त्रीमा डा.खड्का नियुक्त

    काठमाडौँ / परराष्ट्र मन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयले समय तोक्ने भएको छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 129 पटक पढिएको
  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौँ / प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिएका छन् ।मङ्गलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ । यसैगरी कांग्रेसको महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनक

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 111 पटक पढिएको
  • सर्वोच्चद्वारा ओलीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

    बिर्तामोड / सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका १४ जना सांसदको पद खारेजीको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज मङ्लबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले विपक्षी निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटाले गरेका निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ ।तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट वैशाख २७ मा विश्वासको मत लिने क्रममा अनुपस्थित भएरका १४ सांसदलाई सांसदलाई पदमुक्त गर्न माग गरेका छन् । सो निर्णय कार्यान्वयन गराउन एमालेले गत

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 96 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.