चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा काठमाडौं महानगरका प्रमुख बालेन शाह परिवारसहित चितवन पुगेका छन्।आइतबार बिहान भरतपुर विमानस्थलमा अवतरण गरेका शाह छोरीलाई काखमा बोकेर विमानस्थलबाट बाहिरिएको दृश्यले उपस्थितको ध्यान खिचेको थियो। पारिवारिक उपस्थितिसहित महाधिवेशनस्थल पुगेका बालेनलाई रास्वपा कार्यकर्ताले स्वागत गरेका थिए।रास्वपाको पहिलो महाधिवेशन आज भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत सहभागिता
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन भरतपुरमा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन, प्रभाव समूहको हैसियत र ‘नयाँ राजनीतिक संस्कार’को वास्तविक परीक्षणका रूपमा हेरिएको छ।एकातिर रास्वपाले आफूलाई पुराना दलभन्दा फरक दाबी गर्दै आएको छ भने अर्कोतिर पहिलो महाधिवेशनमै ९९ केन्द्रीय सदस्यका लागि सयौं आकांक्षी मैदानमा उत्रिन तयार देखिनु पार्टीभित्र प्रतिस्पर्धा तीव्र बनेको मान्न सकिन्छ । ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिताबीच हुने निर्वाचनले पार्टीभित्र कसको प्रभाव कति
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।रास्वपाले उद्घाटन समारोहमा शुभकामना मन्तव्यका लागि विपक्षी दलका नेताहरूलाई निमन्त्रणा दिएको छ ।थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार उनी आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा हुने उद्घाटन सत्रमा सहभागी हुनेछन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति थापाले पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना १ पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई
काठमाडौं— सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा नेकपा (एमाले)का तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।आइतबार बिहान उनी चितवन गएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । भरतपुरमा हुने रास्वपा महाधिवेशनको उद्घाटनसत्रमा उपस्थितिका निम्ति पार्टीबाट ज्ञवालीलाई पठाइएको हो ।रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष/सभापतिलाई निम्ता पठाएको थियो ।तर, नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट दोस्रो तहका नेता सहभागी हुन लागेका छन् ।रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधि
चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । मह
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए । उनले भने,‘हाम्रो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको छ । सबैले सोच्ने बेला पनि भएको छ । अहिले सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा
काठमाडौं । सरकारले मन्त्रिपरिषद्को विभिन्न मितिमा बसेका बैठकहरूबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ ।शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।कउनका अनुसार उक्त अवधिमा भएका बैठकहरूमा विभिन्न मन्त्रालयसँग सम्बन्धित नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै निजी विद्यालयमा लगाइएको कर र व्यक्तिगत कर छुट सुविधाबारे प्रष्ट्याएका छन् । उनका अनुसार सामुदायिक विद्यालयमा करको व्यवस्था लागू हुँदैन भने निजी विद्यालयमा हाल तीन प्रतिशत कर लगाइएको छ । साथै निजी विद्यालयमा आफ्ना बालबालिकाको शिक्षामा गरिएको खर्चमध्ये वार्षिक २५ हजार रुपैयाँसम्म करकट्टी गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।उनले भने, ‘शिक्षामा लगाइएको कर सामुदायिक स्कुलहरूमा होइन। निजी स्कुलहरूमा अहिलेलाई तीन प्रतिशत लगाइएको छ । तर आफ्ना बालबालिकाहरूको लागि नीजि स्कुलमा गरिएको २५ हजार रु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.