राजनीति

    Showing 7,741-7,750 of 10,369 items.
  • दलित महिला सदस्यमा पोखरेल निर्वाचित

    गुल्मी / स्थानीय तह निर्वाचनमा गुल्मीको एक वडाबाट पोखरेलकी छोरी दलित महिला सदस्यमा निर्वाचित भएकी  छिन् ।दलित समुदायका युवासँग अन्तरजातीय विवाह गरेकी मिना पोखरेल परियार दलित महिला सदस्यमा विजयी भएकी हुन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उनी सहित स्वतन्त्र उम्मेदवार मधु दर्जी र नेपाली कांग्रेसबाट पार्वती बिक दलित पनि दलित महिला सदस्यका उम्मेदवार थिए ।मिना पोखरेल परियार ८ सय ९९ मत प्राप्त गर्दै विजयी भएकी छिन् । उनलाई पछ्याउँदै निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वती बिकले ४ सय २६ मत प्राप्त गरेकी छिन् भने स्वतन्त्र उम्मेदवार मधु दर्जीले जम्मा २४ मत प्राप्त गरेकी छ

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 145 पटक पढिएको
  • प्रदेश सांसदबाट राजीनामा दिएर मेयर बन्न खोजेका कागते पराजित

    झापा / प्रदेश नम्बर १ प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेद्वार बनेका काजीमान कागते पराजित भएका छन् । कागते नेकपा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार रणबहादुर राईसँग इलामको सूर्योदय नगरपालिकामा पराजित भएका हुन् । कागते एक हजार ८५२ मतान्तरले पराजित भएका हुन् ।कागतेले १० हजार ५७९ मत ल्याए भने राईले १२ हजार ४३१ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।२०७४ सालको प्रदेशसभा निर्वाचनमा इलाम –१ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएका कागतेले प्रदेश सांसदबाट राजिनामा दिएर उम्मेदवारी दिएका थिए । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 159 पटक पढिएको
  • झलनाथको गृहनगर सूर्योदयमा एकीकृत समाजवादीका रनबहादुर विजयी

    इलाम / नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृहनगर सूर्योदय नगरपालिकाको मेयर पद एकीकृत समाजवादीले जितेको छ ।मेयर पदमा समाजवादीका उम्मेदवार रनबहादुर राई एमालेका काजीमान कागतेलाई हराउँदै विजयी भएका हुन् । राईले १२ हजार ४ सय ३१ मत ल्याउँदा एमालेका कागतेले १० हजार ५ सय ७९ मत ल्याए ।त्यस्तै उपमेयरमा भने कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन् । बरालले ११ हजार ८ सय ५४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 192 पटक पढिएको
  • मेयर र उपमेयरमा नै महिला विजयी भएको एकमात्र पालिका

    धनगढी / कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयर दुवैमा महिला उम्मेदवार विजयी भएका छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवार विजयी भएका हुन् ।मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका छन् । कांग्रेसकी शाहीले १२ हजार ७ सय १३ मत प्राप्त गरी मेयर पदमा विजयी भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईँले १० हजार ४ सय ३५ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हज

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 269 पटक पढिएको
  • एक महानगरसहित ६८३ पालिकाको मत गणना सम्पन्न, कुन दलले कहाँ जिते ?

    झापा / गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचनको मत गणना धमाधम भइरहेको छ । हालसम्म एक महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार बिहान ६ बजेसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको हो । परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा रहेको छ भने  दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ । यस्तै जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको  छ । राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 133 पटक पढिएको
  • भरतपुरमा रेनुले थप बढाइन् अग्रता, कसको कति मत ?

    चितवन / भरतपुर महानगरपालिकामा रेनु दाहालले थप अग्रता बनाएकी छन् । शनिबार प्राप्त पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार उनले ५१३३ मतको अग्रता बनाएकी छन् । रेनुले २७ हजार ४१२ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत पाएर अग्रता बनाइरहँदा राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत पाएकी छन् । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 166 पटक पढिएको
  • विराटनगर महानगरको प्रमुखमा नागेश र उपप्रमुखमा शिल्पा विजयी

    विराटनगर / विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापालाई आठ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला महानगरको प्रमख पदमा निर्वाचित भएका हुन् । कोइराला ३० हजार १७० मत ल्याउँदा थापाले २१ हजार ४५५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार उमेश कुमार यादवले आठ हजार ७९५ र राप्रपाका प्रहलाद प्रसाद साहले पाँच हजार २१६ मत पाएका छन् । यसैगरी महानगरपालिकाको उपप्रमुखमा भने एमालेकी शिल्पा कार्की विजयी भएकी छिन् । जसपाका अमरेन्द्र यादवलाई ११ हजार ४१६ मतान्तरले पराजित गर्दै शिल्पा महानगरको उपप्रमुखमा विज

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 186 पटक पढिएको
  • स्थानीय निर्वाचनमा पार्टीले हार बेर्होनु परेको भन्दै एमाले मुगुका सचिवद्वारा राजीनामा

    मुगु / नेकपा एमालेका मुगु जिल्लाका सचिव डबल रोकायाले राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा मुख्य पदमा पार्टीले हार बेर्होनु परेको भन्दै एमाले जिल्ला कमिटी सचिव रोकायाले शुक्रबार दिउँसो पदबाट राजीनामा दिएका हुन् ।जिल्लास्तरमा एमाले संगठन राम्रो हुँदाहुँदै सरकारमा रहेका दलहरूको गठबन्धनका कारण एमालेले मुगुका चार स्थानीय तहमा एक उपाध्यक्ष बाहेक अरु प्रमुख पदमा नराम्रोसँग पराजय भोग्नु परेको भन्दै सचिव रोकायाले पदबाट राजीनामा दिएका हुन् ।उक्त राजीनामामा पार्टीमा अराजक अस्थिरता व्यक्तिवाद, स्वेच्छाचारितालाई निरुत्साहित गर्न र पार्टी सङ्गठनलाई थप प्रभावकारी, गतिशील, ऊर्जाशील बनाउन आफूले पार्टीक

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 105 पटक पढिएको
  • कांग्रेसबाट टिकट नपाएर एमाले प्रवेश गरेका आङकाजी काङ्ग्रेससँगै पराजित

    सोलुखुम्बु / नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयर पदमा काँग्रेस कै नाम्गेल जाङ्बु शेर्पासँग पराजित भएका छन् । नेपाली कांग्रेसबाट टिकट नपाउने सुनिश्चित भएपछि चुनावको मुखमा एमाले प्रवेश गरेका आङ्काजी नाम्गेल जाङ्बु शेर्पासँग ५ सय ७८ मतान्तरले पराजित भएका हुन् । कांग्रेसका नाम्गेलले ४ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् भने आङ्काजीले ४ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । त्यस्तै , उपमेयरमा पनि नेपाली कांग्रेसकै गान्धीमाया तामाङ ४ हजार ६ सय ६७ मत प्राप्त गर्दै विजयी भएकी छिन् । 

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 135 पटक पढिएको
  • के गरिन्छ गणना भइसकेको मतपत्र ?

    बिर्तामोड / स्थानीय तहको निर्वाचनका निम्ति छापिएका करिव दुई करोड सात लाख मतपत्र गणना गरेपछि केही समयका लागि सुरक्षित राख्ने गरिन्छ ।निर्वाचन आयोगका अनुसार मतपरिणाम घोषणा भएको ३५ दिनभित्र परिणाम चित्त नबुझेको विषयमा उजुरी दिन सकिने भएकाले सो समयसम्म छाप लगाइएका मतपत्रलाई प्रमाणस्वरूप सुरक्षित राखिने गरिन्छ ।मतपत्रहरू मुद्दाको अन्तिम निर्णय नभएसम्म सुरक्षित राख्नुपर्ने हुन्छ भने उजुरी नपरेका मतपत्र भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै नष्ट गर्ने आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् ।निर्वाचनमा प्रयोग भएका अन्य कागज नष्ट गर्दा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 215 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.