सोलुखुम्बु / नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयर पदमा काँग्रेस कै नाम्गेल जाङ्बु शेर्पासँग पराजित भएका छन् । 

नेपाली कांग्रेसबाट टिकट नपाउने सुनिश्चित भएपछि चुनावको मुखमा एमाले प्रवेश गरेका आङ्काजी नाम्गेल जाङ्बु शेर्पासँग ५ सय ७८ मतान्तरले पराजित भएका हुन् । 

OM Sai Pathibhara Hospital

कांग्रेसका नाम्गेलले ४ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् भने आङ्काजीले ४ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । त्यस्तै , उपमेयरमा पनि नेपाली कांग्रेसकै गान्धीमाया तामाङ ४ हजार ६ सय ६७ मत प्राप्त गर्दै विजयी भएकी छिन् ।