झापा / गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचनको मत गणना धमाधम भइरहेको छ । हालसम्म एक महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । 

शनिबार बिहान ६ बजेसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको हो । 

OM Sai Pathibhara Hospital

परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा रहेको छ भने  दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ । 

यस्तै जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको  छ ।

राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् ।

उपप्रमुखतर्फ कांग्रेस २७९, एमाले २१२, माओवादी १२०, जसपा २५, एकीकृत समाजवादी २१, लोसपा ९ र अन्यले १७ पालिकामा जितेका छन् । 

jit