विराटनगर / विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापालाई आठ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला महानगरको प्रमख पदमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

कोइराला ३० हजार १७० मत ल्याउँदा थापाले २१ हजार ४५५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार उमेश कुमार यादवले आठ हजार ७९५ र राप्रपाका प्रहलाद प्रसाद साहले पाँच हजार २१६ मत पाएका छन् । 

यसैगरी महानगरपालिकाको उपप्रमुखमा भने एमालेकी शिल्पा कार्की विजयी भएकी छिन् । जसपाका अमरेन्द्र यादवलाई ११ हजार ४१६ मतान्तरले पराजित गर्दै शिल्पा महानगरको उपप्रमुखमा विजयी भएकी हुन् । 

शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत ल्याएका छन् । 

विराटनगरमा सत्ता गठबन्धन रहेको थियो । जसअनुसार काँग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो । जसमा गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो ।