झापा / प्रदेश नम्बर १ प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेद्वार बनेका काजीमान कागते पराजित भएका छन् । 

कागते नेकपा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार रणबहादुर राईसँग इलामको सूर्योदय नगरपालिकामा पराजित भएका हुन् । कागते एक हजार ८५२ मतान्तरले पराजित भएका हुन् ।

OM Sai Pathibhara Hospital

कागतेले १० हजार ५७९ मत ल्याए भने राईले १२ हजार ४३१ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा इलाम –१ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएका कागतेले प्रदेश सांसदबाट राजिनामा दिएर उम्मेदवारी दिएका थिए ।