इलाम / नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृहनगर सूर्योदय नगरपालिकाको मेयर पद एकीकृत समाजवादीले जितेको छ ।

मेयर पदमा समाजवादीका उम्मेदवार रनबहादुर राई एमालेका काजीमान कागतेलाई हराउँदै विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

राईले १२ हजार ४ सय ३१ मत ल्याउँदा एमालेका कागतेले १० हजार ५ सय ७९ मत ल्याए ।

त्यस्तै उपमेयरमा भने कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन् । बरालले ११ हजार ८ सय ५४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् ।