धनगढी / कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयर दुवैमा महिला उम्मेदवार विजयी भएका छन् ।

लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवार विजयी भएका हुन् ।

OM Sai Pathibhara Hospital

मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका छन् ।

कांग्रेसकी शाहीले १२ हजार ७ सय १३ मत प्राप्त गरी मेयर पदमा विजयी भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईँले १० हजार ४ सय ३५ मत प्राप्त गरेका छन् । 

उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३ सय ८ मत प्राप्त गरेकी छिन् ।