राजनीति

    Showing 7,611-7,620 of 10,368 items.
  • मन्त्री झाँक्रीले पनि राजीनामा दिँदै

    काठमाडौँ / सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसद्मा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् ।आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । पार्टीको निर्णय प्रति चार मन्त्री सहित ६ जना सांसदहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।&nbs

    • प्रकाशित मितिः असार १२, २०७९
    • 117 पटक पढिएको
  • लक्ष्मण थारुसहित ५० जनाभन्दा बढी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    काठमाडौं  / थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुसहित ५० जना भन्दा बढी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्तिमा प्रवेश गरेका हुन् । यसरी पार्टी प्रवेश नगर्नेहरूमा थरुहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरी, रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीव कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, स

    • प्रकाशित मितिः असार १२, २०७९
    • 109 पटक पढिएको
  • मेयरसहित २१ जना जनप्रतिनिधि विरुद्ध भ्रष्टाचार मुद्दा

    रौतहट  / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादवसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । फतुवा विजयपुर नगरपालिका र गजुरा नगरपालिकाबीच लाल बकैया नदीबाट नदीजन्य बस्तुको बिक्रीबाट प्राप्त राजस्व बाँडफाँडमा सहमति भए पनि फतुवा विजयपुर नगरपालिकाले एकलौटी रुपमा ठेक्का रद्द गरेर राज्यलाई एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले साविक तथा हालका समेत नगरप्रमुख यादवसहित साविककी उपप्रमुख कान्तीदेवी, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, वडा नम्बर २ का तत्काली

    • प्रकाशित मितिः असार १२, २०७९
    • 114 पटक पढिएको
  • पर्यटनमन्त्री आलेले माधव नेपाललाई बुझाए राजीनामा पत्र

    काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सोही अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पार्न आजै पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आज ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । एकीकृत समाजवादीले गत २२ जेठमा सरकारमा सहभागी मन्

    • प्रकाशित मितिः असार १२, २०७९
    • 109 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं / प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले  ‘लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (२०७७ साउन –२०७८ असार)’ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रीन ग्रोथ इस्टिच्युटको सहभागितमूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

    • प्रकाशित मितिः असार १२, २०७९
    • 90 पटक पढिएको
  • मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एसका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

    काठमाडौं  / मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका हुन् ।शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।‘८ बुँदे मागसहित दलको बैठक बोलाइयोस भनी पेस गरेको पत्रमा हामी तपसिलका सांसदहरूको समेत हस्ताक्षर रहेकोमा उक्त हस्ताक्षर फिर्ता लिएका छौं,’ विज्ञप्तिमा

    • प्रकाशित मितिः असार ११, २०७९
    • 140 पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक : डिजेल र पेट्रोलको मूल्य घटाउने सहमति

    काठमाडौँ / सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । शनिबार बसेको गठबन्धनको बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेल

    • प्रकाशित मितिः असार ११, २०७९
    • 111 पटक पढिएको
  • जनसरोकारका मुद्दा उठाउँदै एमालेको जनसङ्गठनले सडक आन्दोलन गर्ने

    काठमाडौँ  / नेकपा एमालेले जनसरोकारका मुद्दा उठाउँदै सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ ।एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता विषयले जनताको दैनिक समस्या विकराल बन्दै गएको भन्दै सम्बन्धित जनवर्गीय सङ्गठनहरूलाई सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।संयन्त्रकी सहसंयोजक रचना खड्काले एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलन गर्नु परेको बताएकी छिन् । बैठकले एमालेका २२ वटा जनसङ्गठनका प्रमुखहरू सहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्द

    • प्रकाशित मितिः असार ९, २०७९
    • 109 पटक पढिएको
  • ‘देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन्’

    काठमाडौँ / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् ।बिहीबार ललितपुरमा स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको उनले बताए । यही जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी भएको उनको भनाइ छ ।‘हाम्रो पार्टीले सोचेजस्तो परिणाम आएन । कम्तीमा पनि ठीक ढंगले जाँदा एक सय ७० र एक सय ७५ आउँछ । एमाले एक सय ६०–७० मा झर्छ भन्ने सोचेका थियौं । हामीले आंकलन गरेको जति आएन । त्यही भएर ठूलो क

    • प्रकाशित मितिः असार ९, २०७९
    • 107 पटक पढिएको
  • विप्लव नेकपाका ओमप्रकाश पुनसहित ४ नेताले दिए राजीनामा

    काठमाडौँ / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजिनामा दिएका छन् । पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नबौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएका हुन् । जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने उनीहरूले पत्रमा उल्लेख गरेका छन्।‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा

    • प्रकाशित मितिः असार ९, २०७९
    • 113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.