राजनीति

    Showing 7,611-7,620 of 7,667 items.
  • ओलीले बोलाए आकस्मिक बैठक

    बिर्तामोड / प्रतिनिधि सभा पुर्नस्थापन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अब कसरी अघि बढ्ने भन्नेमा अन्योलमा छन् । उनले यस विषयमा छलफल गर्न आफु निकट स्थायी कमिटीको बैठक बोलाएका छन् ।बुधबार बालुवाटारमा बैठक बस्न लागेको हो । ओली तत्काल राजीनामा दिने पक्षमा छैनन् । अझै चलखेल गरेर सत्ता टिकाउने उनको रणनीति छ । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा पुर्नस्थापन गर्न आदेश दिइसकेको छ । जहाँ उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 105 पटक पढिएको
  • प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

    बिर्तामोड / प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।आज अपरान्ह ४ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट फिर्ता बोलाउने यसअघिको निर्णयलाई कायम राख्दै नयाँ नेताका रुपमा प्रचण्डलाई प्रधानमन्त्रीका लागि उम्मेदबार बनाउने तयारी गरेको छ ।यस्तै बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 72 पटक पढिएको
  • अख्तियार प्रमुखसहित ३२ जनाको नियुक्ति बदर हुने

    बिर्तामोड / प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै विभिन्न संवैधानिक निकायमा भएका ३२ नियुक्ति पनि बदर हुने कानूनविद्ले बताएका छन् । संसदीय सुनुवाइ नगरी राष्ट्रपतिबाट ३२ जनालाई विभिन्न ११ वटा संवैधानिक आयोगहरूमा नियुक्ति गरिएको थियो ।सर्वोच्च अदालतले संसद् विघटन नभएको फैसला गरेसँगै संसदीय सुनुवाइ नगरी भएका नियुक्ति धरापमा परेको हो । संसद् नभएको भनेर सिफारिस गरी नियुक्ति गरिएकोमा सर्वोच्च अदालतले संसद् विघटनलाई अस्वीकार गरेकाले सर्वोच्चको फैसलाअनुसार सबै नियुक्तिले मान्यता नपाउने कानुनविद्हरूले बताएका छन् ।सर्वोच्चको मंगलबारको फैसलामा प्रारम्भदेखि नै कानुन प्रभाव शून्य रहने गरी प्रतिनिधिसभा विघटन बदर

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 86 पटक पढिएको
  • संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला (फैसलाको पुर्णपाठ सहित)

    बिर्तामोड/ सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ । प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 99 पटक पढिएको
  • राजीनामा दिएको भन्दै दूश्प्रचार गरियोः अग्नि खरेल

    काठमाडौं । राजीनामा दिएको हल्ला चलेपछि महान्यायाधिवक्ता अग्नि खरेलले प्रष्टिकरण दिएका छन् । महान्यायाधिवक्ता खरेलले आफूले पदबाट राजीनामा नदिएको बरु अफवाह फैल्याइएको बताएका छन् ।उनले भने, मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैन ।’ महान्यायाधिवक्ता खरेलले सर्वोच्च अदालतले संसद विघटनको फैसला सदर गरे, मुलुक निर्वाचनमा जाने अवस्था आए मात्र चुनावका लागि राजीनामा दिएर जान सक्ने बताएका छन् ।आफूले राजीनामा दिनुपर्ने कुनै पनि कारण नभएको उनले प्रष्ट्याए । यता, प्रधानमन्त्रीको निजि सचिवालयले पनि खरेलको राजीनामा नआएको बताएको छ । सचिवालयले अफवाह फैलाइएको भनेको छ ।विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 75 पटक पढिएको
  • सर्वोच्चले नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(माओवादी)  नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकामा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बाँस्तोलालाई थुनाबाट मुक्त गरिदिनु”, आदेशमा भनिएको छ ।यसअघि गत माघ १५ गते र २२ गते थुनामुक्त गराउन अदालतले आदेश जारी ग

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 67 पटक पढिएको
  • बास्तोला सर्वोच्चको आदेशमा छुटे लगत्तै पुनः पक्राउ

    काठमाण्डौं । सरकारसगँ वार्ताका लागि सकारात्मक रहेको विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको समयमा पनि सरकारले सो पार्टीका नेताहरुमाथि धरपकड गर्न भने छाडेको छैन ।आज सर्वोच्चको आदेशमा रिहा भए लगत्तै नेता धमेन्द्र बास्तोलालाई प्रहरीले पुनः पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।तर अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो । बास्तोलाई पुनः काभ्रेमा पठाउने तयारी प्रहरीले गरेको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 81 पटक पढिएको
  • प्रचण्ड(नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंग्यायो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ ।पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 68 पटक पढिएको
  • ओलीपक्षीय नेताको गाडी तोडफोड

    काभ्रे । जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गएराति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए । “पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 81 पटक पढिएको
  • विप्लवमाथिको राजनैतिक प्रतिबन्ध फुकुवा

     बिर्तामोड । सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेकपा विप्लवमाथिको राजनैतिक प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।संसदीय व्यवस्थाको विकल्पमा जनवादी जनगणतन्त्रको लागि जनमत संग्रहमा जाने विप्लव समूहले वार्ताको प्रमुख एजेन्डा तय गरेको बुझिएको छ । सरकार र विप्लव समूह दुवैले वार्ता टोली भोलि नै घोषणा गर्ने भएका छन् । सम्भवतः बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका विप्लव नेता धर्मेन्द्र बाँस्तोला पनि भोलि नै सर्वोच्च अदालतको आदेशमा छुट्नेछन् । टोलीमा बाँस्तोला रहने प्रवल सम्भावना रहेको स्रोतको दाबी छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 116 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा