काठमाडौं  / मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका हुन् ।

OM Sai Pathibhara Hospital

शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।

‘८ बुँदे मागसहित दलको बैठक बोलाइयोस भनी पेस गरेको पत्रमा हामी तपसिलका सांसदहरूको समेत हस्ताक्षर रहेकोमा उक्त हस्ताक्षर फिर्ता लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ । 

हिजै मन्त्री आलेले पार्टीको पोलिटब्यूरो बैठकमा पार्टी निर्णयको सम्मान गर्दै १२ घण्टाभित्र पार्टीको निर्णय लागू गराउने प्रतिबद्धता जनाएका थिए ।

अब संसदीय दलको बैठक माग गर्दै निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुको मात्रै हस्ताक्षर बाँकी छ ।