काठमाडौँ  / नेकपा एमालेले जनसरोकारका मुद्दा उठाउँदै सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता विषयले जनताको दैनिक समस्या विकराल बन्दै गएको भन्दै सम्बन्धित जनवर्गीय सङ्गठनहरूलाई सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

संयन्त्रकी सहसंयोजक रचना खड्काले एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलन गर्नु परेको बताएकी छिन् । 

बैठकले एमालेका २२ वटा जनसङ्गठनका प्रमुखहरू सहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित सङ्गठनले एकल आन्दोलन गर्ने निर्णय छ । एमालेले तत्कालै मूल्यवृद्धि, किसानले मल नपाएको तथा विद्यार्थी पाठ्यपुस्तक नपाएको विषयमा आन्दोलन सुरु गर्ने भएको छ ।