काठमाडौँ / सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।

विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसद्मा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् ।

OM Sai Pathibhara Hospital

आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । पार्टीको निर्णय प्रति चार मन्त्री सहित ६ जना सांसदहरुले असन्तुष्टि जनाउँदै आएका थिए । 

आले र झाँकीसहित १० जना सांसदले केही दिन अघि मन्त्रिपरिषद्मा हेरफेर गर्ने निर्णयप्रति असहमति जनाउँदै संसदीय दलको बैठक माग गर्दै पार्टीमा ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

उक्त पत्रबाट आलेसहित ६ जनाले नाम फिर्ता लिए पनि झाँक्रीले लिएकी छैनन् ।