काठमाडौं  / थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुसहित ५० जना भन्दा बढी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्तिमा प्रवेश गरेका हुन् । 

OM Sai Pathibhara Hospital

यसरी पार्टी प्रवेश नगर्नेहरूमा थरुहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरी, रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीव कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, सकुन्तला विक, भरत विक लगायत रहेका छन् । 

त्यस्तै उक्त पार्टीमा रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी पनि पार्टी प्रवेश गरेका छन् ।