काठमाडौं / प्रतिनिधि सभाको बैठक आज बस्दै छ । 

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले  ‘लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (२०७७ साउन –२०७८ असार)’ पेस गर्ने सम्भावित कार्यसूची छ। 

OM Sai Pathibhara Hospital

यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रीन ग्रोथ इस्टिच्युटको सहभागितमूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको संघीय संसद्को सचिवालयले जनाएको छ ।