राजनीति

    Showing 7,181-7,190 of 10,368 items.
  • काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउदै रवीन्द्र मिश्र

    काठमाडौं / काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् । हालसम्म तीन हजार १९६ मत गणना भइसक्दा सिंहले ८१६ मतका साथ अग्रता कायम गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७३५ का साथ उनलाई पछ्याइ रहेका छन् ।तेस्रो स्थानमा एमाले उम्मेदवार किरण पौडेलको ४९६ मत छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 100 पटक पढिएको
  • झापा –३ मा मतगणना सुरु

    भद्रपुर / झापा क्षेत्रनम्बर ३ मा मतगणना सुरु भएको छ । भर्खरै प्राप्त जानकारी अनुसार अहिले मतपेटिका खोलेर मत मिलाउने काम धमाधम भइरहेको छ ।सर्वदलीय बैठकले बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरे पनि प्राविधिक कारणले मतगणना गर्न ढिला भएको थियो । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच कडा प्रतिस्पर्धा भएको आकलन गरिएको छ ।त्यसैले सबैको ध्यान यहाँ केन्द्रित बनेको छ । यस क्षेत्रमा ६८ दशमलव २० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा –३ मा ६६ हजार ०६१ पुरुष र ६५ हजार ३७१ महिला गरी १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसे

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 126 पटक पढिएको
  • काठमाडौँ –७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, मानुषी तेस्रो स्थानमा

    काठमाडौँ  / काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्।नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले २९० मतसहित तेस्रो स्थानमा छिन्। चौथो स्थानमा लौरोको १०१ मत छ भने राप्रपाको हलोको ८४ मत रहेको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 129 पटक पढिएको
  • दैलेखका मतदान अधिकृत मतपेटिका छोडेर सुत्न गएपछि...

    सुर्खेत  / दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि विवाद भएको छ । ठाँटीकाँध गाउँपालिका –२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छोडेपछि विवाद सिर्जना भएको हो ।मतदान अधिकृत खनालले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको छ । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताएका छन् । अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसबारे निर्णयमा पुगिने उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा ७०० मतदाता रहेकोमा ४५८ मत खसेको थियो ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 131 पटक पढिएको
  • डडेल्धुरामा ११ बजे पछि मतगणना सुरु हुने

    काठमाडौं / डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले  भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने बित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन्

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 130 पटक पढिएको
  • झापा २ : एमालेका घिमिरे अघि अघि , गठबन्धनका राना पछि पछि

    बिर्तामोड  / हिजो सम्पन्न आम निर्वाचनको  मतगणना झापा क्षेत्र नम्बर २ मा सुरु भएको छ । जम्मा १६३४ मतगणना हुँदा एमालेका देवराज घिमिरेले ६२० मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका हरिकुमार रानाले ३९७ मत पाएका छन् ।  झापा २ बाट स्वतन्त्र उम्मेद्वारी दिएका स्वगत नेपालले  ३०१ मत प्राप्त गरेका छन्  । झापा २ मा सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना सुरु भएको थियो ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 136 पटक पढिएको
  • काठमाडौं १ मा मतगणना सुरु

    काठमाडौं / काठमाडौं १ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र उम्मेदवार पनि छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 136 पटक पढिएको
  • झापा -२ को मतगणना सुरु

    बिर्तामोड  / हिजो सम्पन्न आम निर्वाचनको  मतगणना झापा क्षेत्र नम्बर २ मा सुरु भएको हो । सर्वदलीय बैठक सकेर बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।  त्यस्तै झापा १ , ३ र ५ मा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ । सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय भइसकेको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।  

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 127 पटक पढिएको
  • झापा १ को मतगणना ८ बजे पछि शुरु हुने

    बिर्तामोड / हिजो सम्पन्न आम निर्वाचनको आज मतगणना शुरु हुनेछ । झापा क्षेत्र नं. १ को मतगणना आज बिहान ८ बजेपछिबाट शुरु गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले बताए । उनका अनुसार ‘सबै मतदान केन्द्रबाट संकलन भएका मतपेटिका बुझ्ने काम नै राति २ बजेसम्म लाग्यो । बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ त्यस पछि मतगणना शुरु हुन्छ ।’ झापा क्षेत्र नं. १ मा ६७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत महतले जानकारी दिएका छन् ।  

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 108 पटक पढिएको
  • मिथ्या सूचनाको पछि नलाग्न कांग्रेस र माओवादीको आग्रह

    काठमाडौं / निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्तरुपमा जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।“कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैप्रति घात हुने कल

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.