भद्रपुर / झापा क्षेत्रनम्बर ३ मा मतगणना सुरु भएको छ । भर्खरै प्राप्त जानकारी अनुसार अहिले मतपेटिका खोलेर मत मिलाउने काम धमाधम भइरहेको छ ।

सर्वदलीय बैठकले बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरे पनि प्राविधिक कारणले मतगणना गर्न ढिला भएको थियो । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच कडा प्रतिस्पर्धा भएको आकलन गरिएको छ ।

OM Sai Pathibhara Hospital

त्यसैले सबैको ध्यान यहाँ केन्द्रित बनेको छ । यस क्षेत्रमा ६८ दशमलव २० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा –३ मा ६६ हजार ०६१ पुरुष र ६५ हजार ३७१ महिला गरी १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको हो ।