बिर्तामोड  / हिजो सम्पन्न आम निर्वाचनको  मतगणना झापा क्षेत्र नम्बर २ मा सुरु भएको छ । जम्मा १६३४ मतगणना हुँदा एमालेका देवराज घिमिरेले ६२० मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका हरिकुमार रानाले ३९७ मत पाएका छन् ।  झापा २ बाट स्वतन्त्र उम्मेद्वारी दिएका स्वगत नेपालले  ३०१ मत प्राप्त गरेका छन्  । झापा २ मा सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना सुरु भएको थियो